3 years ago
January 27, 2022
दिपक न्यौपाने, बुटवल
बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्बद्र्धन र प्रवद्र्धनका लागि भन्दै करातेको एकेडेमी स्थापना गरेको छ । बुटवल–१०, कालिकानगरमा उपमहानगरले कराते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन निर्माण गरेको छ ।
कराते प्रतियोगिताको आयोजना र प्रशिक्षण गर्ने गरि निर्माण भएको एकेडेमी भवनको बिहीबार उप महानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । प्रमुख सुवेदीले खेलकुदका माध्यमबाट समृद्धि र सुखियाली समेत हासिल हुन सक्ने भएकाले उपमहानगरले खेलकुदको समग्र विकासलाई प्राथिमकतामा राखेर नीति कार्यक्रम र बजेटको प्रबन्ध गरिएको बताए ।
नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको बताउँदै सुवेदीले खेलकुदको पूर्वाधार विकासका साथै खेलाडीको उत्पादन, पहिचान, अवसर र प्रोत्साहनका लागि पनि उपमहानगरले विशेष रणनीतिका साथ कार्यक्रम गरेको जनाए ।
वडा नं. १० का अध्यक्ष पदम थापाले खेलकुदको समग्र विकास र प्रबद्र्धनका लागि वडा स्तरबाट समेत कार्यक्रम भइरहेको उल्लेख गर्दै एकेडेमीको भरपूर सदुपयोग गरेर त्यसमार्फत खेलाडी उत्पादनमा टेवा पु¥याउनुपर्नेमा जोड दिए । करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका कार्यक्रमका सञ्चालक कृष्णप्रसाद देवकोटाले उपमहानगरले खेलकुदका लागि पूर्वाधार विकास संगसंगै खेलाडीमा प्रोत्साहन जगाउने समेत काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
कराते एकेडेमी कभर्डहल भवन निर्माणका लागि उपमहानगर, वडा स्तरीय र उपभोक्तासमेतको ४६ लाख ३९ हजार रुपैयाँ खर्च भएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जनाए । बुटवल उपमहानगरले खेलकुदका पूर्वाधार विकासका साथै विभिन्न वडामा गरि ४० स्थानमा बहुउद्देश्यीय खेलग्राम र खेलमैदान निर्माण गरेको छ । क्रिकेट, फुटबल, कराँते, ब्याडमिन्टन, टेनिसलगायत विभिन्न आउटडोर र इन्डोर खेलहरुलाई लक्षित गरेर खेलग्राम निर्माण गरिएको खेलकुद विकास समितिका अध्यक्ष काउचाले बताए ।
कराते सिक्न चाहनेका लागि अवसर
कालिकानगरमा गत वर्ष नै एकेडेमी स्थापना भएको थियो । एकेडेमी स्थापना भएलगतै गत फागुन ४ गते उपमहानगरका प्रमुख सुवेदीले नै उपमहानगर मातहतको जग्गामा कराते एकेडेमीको कभर्डहल शिलान्यास गरेका थिए । कालिका नगरमा स्थापना भएको एकेडेमीमा उपमहानगरका विभिन्न वडाका साथै तिलोत्तमा नगरपालीकाको २ र ३ नम्बर वडाका खेलाडीहरुले समेत प्रशिक्षणमा प्रत्यक्ष लाभ लिन सक्ने सितोरियो कराते संघ रुपन्देहीका अध्यक्ष एवम एकेडेमीका अध्यक्ष देवकोटाले जानकारी दिए ।
मेयरद्वारा क्रिकेट एकेडेमीको निरिक्षण
यसैबीच उपमहानगरका प्रमुख सुवेदीले बुटवलमा रहेको क्रिकेट एकेडेमीको निरिक्षण गरेका छन् । बुटवल–११, देविनगरमा निर्माण गरिएको बेस्टन क्रिकेट एकेडेमीको बिहीबारै निरिक्षण गर्दै प्रमुख सुवेदीले खेलकुदमा समर्पित भएर लाग्ने कुनै पनि खेलाडीलाई उपमहानगरले निराश नबनाउने प्रतिवद्धता व्यक्त गरे ।
खेलकुदका माध्यमबाट खेलाडीले मात्र नभई देशले पनि नाम, दाम, सम्मान र समृद्धिमा योगदानको अवसर पाउने विषयमा आफु विश्वस्त रहेको प्रमुख सुवेदीले बताए । प्रशिक्षणमा रहेका खेलाडीहरुको लागि नगरप्रमुखको उपस्थितीले हौसला मिलेको र खेलकुद गतिविधि सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको क्रिकेट एकेडेमीका डाइरेक्टर भुवन पाण्डेले बताए ।
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा शुक्रवार घरेलु टोली क्लब एचडिसीलाई ३-१ ले हराएको हो।सुरुवाती दुई सेट जितेर खेलमा पकड बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो। चौथो सेटमा लयमा फर्कदै हेल्प नेपालले खेल जितेको […]
July 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिवार हुने भएको छ। प्रतियोगितामा २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको शतबार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो । त्यसमा १ सय खेलाडी सहभागि थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत् गिनिज […]
July 2, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा पहिलो भलिबल अवार्ड कार्यक्रम आयोजना हुने भएको छ । नेपाल भलिबल संघ अस्ट्रेलिया (एनभिएए) को आयोजनामा साउन ४ गते (१९ जुलाई) उक्त अवार्ड कार्यक्रम हुने भएको हो । अवार्ड कार्यक्रम सिड्नीस्थित रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा हुनेछ । एनभिएएले वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला खेलाडीलाई अवार्ड प्रदान […]