default_image

4 years ago

February 25, 2022

जावलाखेल संकटाको बराबरी

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब र संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै यो सिजनको लिगको अन्त्य गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा जावलाखेलका सुनिल खड्काले गोल गर्दा संकटाका उत्तम राईले बराबरी गोल फर्काए ।

खेलको १४औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका हुन् । निकोलस फर्नान्डेस, सुनिल खड्का र ओनगुना जुनियरको समन्वयमा बनेको मुभमा ओनगुनाले बल अघि बढाउँदै कटब्याक गरेको बलमा सुनिलले खाली पोस्टमा बललाई जाली चुमाएका थिए ।

२०औं मिनेटमा सुनिलको प्रहार फितलो बन्यो । ६१औं मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत गोल गर्न सफल भएका थिए ।

संकटाले लिगमा १३ खेलबाट ३ जित, ७ बराबरी ३ हारसहित १६ अंक जोड्यो । जावलाखेलले १३ खेलबाट ३ जित, ५ बराबरी र ५ हारसहित १४ अंक जोड्यो ।

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.