3 years ago
March 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । पपुवा न्युगिनीलाई ३७ रनले हराउँनेक्रममा करण नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका थिए ।
२ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ४७ बलमा ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान दिए ।
नेपालका करण केसीले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । करणले २० औं ओभरमा ह्याट्रिक र पाँच विकेट लिँदै दुई कीर्तिमानी योगदान दिए ।
करणले २० औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए । तेस्रो बलमा विकेटकिपर शिमोन आतीलाई बोल्ड गरे । चौथो बलमा नोसैन पोकनालाई मिडअफमा दीपेन्द्रबाट क्याच गराउँदै नेपालबाट पाँच विकेट लिने र ह्याट्रिक गर्ने दुबै पहिलो खेलाडी बने ।
टोनी उरा ४३, सेसे बाउ २५ र नोर्मन भानुआले १७ रन बनाए । अभिनाश बोहराले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । सन्दीपको नाममा १ विकेट रह्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रन बनाए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेले ।
युवा ब्याटर रोहित पौडेल २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । पपुवा न्युगिनीका राइली हेकुरेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आबुआ मोरेआले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।
नेपाल ३ खेलमा ६ अंकका साथ फाइनलमा पुगि सकेको छ । नेपालले अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ । फाइनल सोमबार हुनेछ । शुक्रबार पपुवा न्युगिनी र मलेसियाबीच खेल हुनेछ । मलेसिया विजयी भएमा स्वत फाइनलमा पुग्नेछ । पराजित भएमा नेपालसँगको खेलपछिको नतिजामा निर्भर रहनेछ ।
यो पनि : करण ह्याट्रिक र पाँच विकेट लिने पहिलो नेपाली खेलाडी
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]