default_image

2 years ago

May 20, 2022

प्रशिक्षक अलमुताइरी, व्यवस्थापक र खेलाडीको कमजोरी र कारवाही यस्तो (पूर्ण प्रतिवेदन)

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न गठित ३ सदस्यीय समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई बुझाएको प्रतिवेदनको राय सुझाव सार्वजनिक भएको छ । समितिले १० दिन लगाएर २८ पृष्ठ लामो प्रतिवेदन तयार पारेको थियो । सेनाका पूर्व उपरथी समेत रहेको पूर्व […]

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न गठित ३ सदस्यीय समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई बुझाएको प्रतिवेदनको राय सुझाव सार्वजनिक भएको छ ।

समितिले १० दिन लगाएर २८ पृष्ठ लामो प्रतिवेदन तयार पारेको थियो । सेनाका पूर्व उपरथी समेत रहेको पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका थिए । समितिका संयोजक राणाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुधबार प्रतिवेदन बुझाएको थियो ।

समितिले प्रतिवेदनको राय सुझावमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, क्याम्प छोड्न बाध्य पारिएका १० खेलाडीहरु, व्यावस्थापक लगायत एन्फा सचिवालय र सहायक प्रशिक्षक समेतको कमजोरी देखाउँदै निम्न अनुसार लेखेको छ ।

प्रतिवेदनमा समस्या समाधानको लागि राय सुझावहरु यसप्रकार छ :

११. एसिया कप छनौटको लागि बन्द प्रशिक्षणमा रहेका मुख्य प्रशिक्षक र १० (दश) जना खेलाडी वीच भएको विवाद सुल्झाउन निम्न राय सुझावहरु सिफारिस गर्दछौं:

(क) खेलाडी सम्बन्धि

(१) खेलाडी वन्द प्रशिक्षणबाट भागेर गएको तथ्यमा सत्यता देखिन्न । मुख्य प्रशिक्षकले ९ जना खेलाडीहरुलाई बारम्बार अमर्यादित भाषामा प्रशिक्षणबाट बाहिर जानु भनेपछि उनीहरु वाध्य भएको देखिन्छ । तर मुख्य प्रशिक्षकले खेलाडीको चोट, कार्य दक्षता वा अनुशासन के को आधारमा खेलाडीलाई निष्काशन गरेको स्पष्ट छैन । मुख्य प्रशिक्षकले बन्द प्रशिक्षणमा खेलाडीहरु छनौट भएको एन्फा महासचिवलाई पत्राचार गरी क्लवलाई खेलाडीहरुलाई पठाउन निर्देशन दिने गरेको तर खेलाडी निष्काशन गर्दा सो प्रकृया नअपनाएको हुंदा त्यसको व्यवस्था गर्न उपयुक्त देखिन्छ ।

(२) मुख्य प्रशिक्षकले होटेल सम्बन्धी विषय बारम्बार नदोहोऱ्याउनु भनेको र होटेल व्यवस्था भई सकेको अवस्थामा र उक्त विषय व्यवस्थापकको जिम्मेवारी हुंदाहुंदै खेलाडीहरुले सोही कुरा पुनः समुहगत रुपमा उठाएर बादविवाद सिर्जना गरी मुख्य प्रशिक्षकलाई अप्ठ्यारो अवस्थामा पुऱ्याउनु खेलाडी दोषी देखिन्छन् ।

(३) खेलाडीहरुलाई सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम को–अर्डिनेटर र फिजियोले बैशाख १३ गते राती बाहिर नजान आग्रह गरे तापनि बाहिरिनु खेलाडीको गल्ती देखिन्छ ।

(४) बैशाख १४ गते मुख्य प्रशिक्षक तथा अन्य व्यवस्थापक समूहबाट फोन तथा मेसेजबाट सम्पर्क गरी समाधान गर्ने प्रयास गर्दा खेलाडीहरुबाट कुनैपनि प्रतिकृया नहुनु गैर जिम्मेवारीपूर्ण कार्य देखिन्छ ।

(५) एन्फाबाट समस्या समाधान गर्ने प्रयास र समझदारीको विकल्प हुंदाहुंदै खेलाडीहरुले प्रेश मिटिङ्ग गर्नाले समस्याले झन् बढि उग्र रुप लिएको राष्ट्रिय खेलाडीले यस्तो अनुशासनहिन र गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिएको हुंदा उनीहरुले यस्तो गल्ती नदोहोऱ्याउने प्रतिवद्धता जनाएमा ति १० (दश) खेलाडीहरुलाई एसिया कप छनौट प्रयोगितामा मात्र सहभागी हुन बञ्चित गर्नुको साथै यस्ता किसिमको कृयाकलाप भविष्यमा दोहोन्याएमा राष्ट्रिय फुटवल टिममा छनौट हुन अयोग्य हुने बारे सचेत गराउन सिफारिस गरिन्छ ।

(६) खेलाडीहरुलाई एन्फा सचिवालयले र राज्यले पुयाउन सक्ने उचित सेवा सुविधा प्रदान गर्दै आएकोमा यस्ता विषयमा पुनः विवाद नउठाउन सचेत गराउन सिफारिस गरिन्छ ।

(७) हालको वन्द प्रशिक्षण लगायत विगतका राष्ट्रिय लिग तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुले अमर्यादित र अनुशासनहिन कार्य गरेका उदाहरणहरु विद्यमान छन् । भविष्यमा त्यस्ता गतिविधि नहुन अनुशासन सम्बन्धी Zero Tolerance Policy लागु गर्न सिफारिस गरिन्छ ।

(ख) मुख्य प्रशिक्षक

(१) मुख्य प्रशिक्षकले एन्फा सचिवालयको मातहतमा रही कार्य नगरी एक्लौटी र स्वेच्छाचारी रुपमा कार्य गर्ने प्रवृत्ति बढ्दै गएको हुंदा Chain of Command अनुसार कार्य गर्न निर्देशित गर्न सिफारिस गरिन्छ ।

(२) उहांको मुख्य जिम्मेवारी खेलाडी छनौट, प्रशिक्षण र मूल्यांकन गर्नु रहेकोमा अन्य व्यवस्थापन सम्बन्धी कार्यमा समेत हस्तक्षेप गर्ने प्रवृत्तिलाई सच्याउन सिफारिस गरिन्छ ।

(३) एकै पटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटी छन् । मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी जस्ता कृयाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ । यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल संभावनालाई समेत नकार्न सकिदैन । तसर्थः एसिया कप छनौट प्रतियोगिता पछि कतार एफ. ए. संगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।

(४) विगतमा युवा तथा खेलकुद मन्त्रालयले गरेको छानबिनमा मुख्य प्रशिक्षकलाई संचार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न सचेत गराएको अवस्थामा हालमा पनि उनले बारम्बार प्रचार प्रसार र संचार माध्यममा अमर्यादित र आचार संहिता विपरित टिकाटिप्पणी गरी बादविवाद निम्त्याई रहेको हुंदा यस्ता गतिविधि नगर्न पुनः सचेत गर्न सिफारिस गरिन्छ ।

(ग) मुख्य व्यवस्थापक

(१) उहां प्रायः बन्द प्रशिक्षणमा होटेलमा नरहनु र बैशाख १३ गतेको घटनामा पनि होटेलमा नरहेको देखिन्छ । खेलाडीहरुसंग हुंदापनि उहांले आफ्नो पदीय जिम्मेवारी सन्तोषजनकरुपमा नसम्हालेको मुख्य प्रशिक्षक तथा खेलाडीहरुलाई सम्झाउन कोशिस नगरेको हुंदा यस घटना हुनुमा उहां जिम्मेवार देखिनु हुन्छ ।

(२) उहांलाई करिब ३ वर्ष नेपाली राष्ट्रिय टिमको मुख्य व्यवस्थापक भएर कार्य गर्ने जिम्मेवारी एन्फा सचिवालयले व्यक्तिगत विश्वासको आधारमा नियुक्ती दिएको पाइन्छ । एउटा राष्ट्रिय फुटवल टिमको नेतृत्व गर्ने कार्य क्षमता उहांमा देखिदैन । जसले गर्दा एसिया कप छनौट प्रतियोगिता पश्चात उहांलाई व्यवस्थापक पदबाट हटाउन सिफारिस गरिन्छ ।

(घ) सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, टिम कोअर्डिनेटर र फिजियो

(१) खेलाडी तथा मुख्य प्रशिक्षक वीच असमझदारी र वादविवाद बढ्दै गएको अवस्थामा समस्या समाधान तथा मुख्य प्रशिक्षकलाई सम्झाउन बुझाउन नसक्नु उहांहरुको कमजोरी देखिन्छ । उहांहरुलाई राष्ट्रिय फुटवल टिमको विकासको लागि अझ प्रभावकारी र सशक्त भूमिका निभाउन आफ्नो कार्यदक्षता अभिवृद्धि गर्न सिफारिस गरिन्छ ।

(ङ) एन्फा पदाधिकारी सचिवालय

(१) १० (दश) जना खेलाडी तथा मुख्य प्रशिक्षकलाई एकै ठाउंमा राखी उनीहरु वीच भएको मनमुटाव मिलाई समझदारी कायम गर्न आवश्यक वातावरण मिलाउन सिफारिस गरिन्छ ।

(२) मुख्य प्रशिक्षकलाई आवश्यक निर्देशन प्रदान गर्न स्पष्ट नीति तथा Chain of Command कायम गर्न सिफारिस गरिन्छ ।

(३) एन्फाको विधानमा भएका प्रावधान अनुरुप महत्वपूर्ण निर्णयहरु जस्तै मुख्य प्रशिक्षकको छनौट, Techincal कमिटिको सुझाव अनुसार कार्य समितिमा छलफल गरी उपयुक्त निर्णय लिन सिफारिस गरिन्छ ।

(४) Technical कमिटीलाई बढि कृयाशिल र सशक्त बनाई मुख्य प्रशिक्षक लगायत अन्य उमेर समूहको फुटवल खेलाडीहरुलाई प्रशिक्षक तथा व्यवस्थापकको छनौट, काम कर्तव्य र मूल्यांकन गर्ने आधार तयार गर्न सिफारिस गरिन्छ ।

(५) राष्ट्रिय फुटवल टिमलाई व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी वहन गर्ने व्यवस्थापक तथा पदाधिकारीहरुको छनौट गर्दा क्षमतावान तथा कार्यदक्षता भएका व्यक्ति खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न सिफारिस गरिन्छ ।

(६) राष्ट्रिय फुटवल टिमका मुख्य प्रशिक्षक व्यवस्थापक र अन्य पदाधिकारीहरुको कुनैपनि Job Description नभएको अवस्थामा कार्य सम्पादनमा अस्पष्टता तथा विवाद हुन सक्ने हुंदा यस्ता व्यक्तिहरुलाई नियुक्ती हुनु पूर्व Job Description तय गर्न सिफारिस गरिन्छ ।

(७) आचार संहिता (Code of conduct) को अभावमा प्रशिक्षक खेलाडी तथा अन्य पदाधिकारीहरुले प्रदर्शन गर्नुपर्ने व्यवहार बारे मार्ग निर्देशनको अस्पष्टताले गर्दा अनुशासनहिन कार्य बढ्दै गएको हुंदा Code of Conduct तय गरी लागू गर्न सिफारिस गरिन्छ ।

(८) राष्ट्रिय फुटवल खेलाडीहरुको बासस्थानको स्तर, वन्द प्रशिक्षण समय अवधि, खानपिन, खेलकुद सामग्री तथा भत्ता बारे लिखित रुपमा मापदण्ड तयार गर्न सिफारिस गरिन्छ ।

(९) Technical कमिटी, मुख्य प्रशिक्षक र अन्य क्लबका प्रशिक्षक सम्मिलित एउटा बोर्ड गठन गरी प्रत्येक वर्ष राष्ट्रिय लिग समाप्त भएपछि करिब १०० जना खेलाडीहरुको लिष्ट तय गरी हरेक पोजिशनमा Rank Order गरी उक्त सूचीबाट राष्ट्रिय फुटवल टिममा छनौट गर्न सिफारिस गरिन्छ ।

(१०) मातहतको विभागसंग समन्वय गरी आवश्यक श्रोत जुटाई योग्य नेपाली फुटवल प्रशिक्षकलाई Professional फुटवल लाईसेन्सको लागि प्रशिक्षणमा पठाउन सिफारिस गरिन्छ ।

(११) एन्फाको होस्टेललाई अझ व्यवस्थित र सुविधायुक्त बनाई बन्द प्रशिक्षणमा खेलाडी राख्न सिफारिस गरिन्छ ।

(१२) एन्फाको कार्यकारी समितिका सम्पूर्ण अधिकारीहरु विभिन्न आन्तरिक खिचातानी र आसन्न एन्फाको चुनावको असरले वर्तमान मुख्य प्रशिक्षक तथा खेलाडीहरुको सामान्य समस्या समाधान गर्न असफल भएको देखिन्छ । यस्ता किसिमको घटना नदोहोरिन एन्फाको सांगठनिक संरचना, विभिन्न विभागका कार्य क्षेत्र, विधी विधान, आर्थिक सुशासन तथा माथिल उल्लेखित सुझाव कार्यान्वय गर्ने विज्ञ समूह गठन गरी उक्त समूहको राय सुझाव अनुसार कार्य सम्पादन गर्न सिफारिस गरिन्छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.