default_image

2 years ago

May 23, 2022

आइपिएलमा मुम्बई र रोहितको इतिहासकै खराब प्रदर्शन

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब प्रदर्शन गर्दै बाहिरियो । मुम्बईमात्र होईन कप्तान रोहित शर्माले पनि आइपिएल करिअरकै खराब प्रदर्शन गरे । मुम्बई १४ खेलमा १० मा हार र ४ मा जितका साथ ८ अंकका साथ पुछारमा रहेर बाहिरियो । मुम्बई पहिलो पटक पुछारमा रहेर […]

118 views

0 Bookmark

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब प्रदर्शन गर्दै बाहिरियो । मुम्बईमात्र होईन कप्तान रोहित शर्माले पनि आइपिएल करिअरकै खराब प्रदर्शन गरे ।

मुम्बई १४ खेलमा १० मा हार र ४ मा जितका साथ ८ अंकका साथ पुछारमा रहेर बाहिरियो । मुम्बई पहिलो पटक पुछारमा रहेर बाहिरिएको हो । यसअघि मुम्बई २००९ मा सातौं स्थानमा रहँदै बाहिरिएको थियो । त्यसपछि मुम्बई पाँचौं स्थान भन्दा तल खस्किएको थिएन । मुम्बई २०१३, २०१५, २०१७, २०१९ र २०२० को च्याम्पियन टोली हो ।

रोहितले यस सिजमा १४ खेलमा २ सय ६८ रन मात्र बनाए । जुन करिअरको खराब प्रदर्शन थियो । यस सिजनमा रोहितको उच्च प्रदर्शन ४८ रन थियो । रोहित पहिलो पटक एक सिजनमा अर्धशतक विहीन बने । २००८ देखिनै आइपिएल खेल्दै आएका रोहितको यसअघि खराब प्रदर्शन २०१८ मा थियो ।

२०१८ मा रोहितले १४ खेलमा २ सय ८६ रन बनाएका थिए । जसक्रममा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ९४ रनको इनिङ खेलेका थिए । त्यस बाहेक सिजनमा रोहितको ३ सय भन्दा कम रन बनाएका छैनन् । रोहितले २०१३ मा १९ खेलमा ४ अर्धशतक सहित ५ सय ३८ रन बनाएका थिए ।

आइपिएलमा लिगका खेलहरु सकि सकेका छन् । पहिलो क्वालिफायरमा शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको राजस्थान रोयल्सबीच मंगलबार इडेन गार्डेन कोलकातामा खेल हुनेछ । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।

बुधबार तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको बेंगलोरबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार दोस्रो क्वालिफायर हुनेछ । आइतबार अहमदाबादमा फाइनल हुनेछ ।

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

आस्था, कल्पना र तिर्सना विजयी

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं पिंक केयरएथन महिला दौडको १० किलोमिटरमा आस्था राउत, ५ किमीमा कल्पना घिमिरे र ३ किमीमा तिर्सना कुमारी विजयी भएकी छिन्। महिलाहरुको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा शनिबार काठमाडौंमा पिंक केयरएथन आयोजना गरेको हो । १० किमीमा मनिता घतामी दोस्रो र संगिता तामाङ्ग […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.