default_image

2 years ago

May 29, 2022

पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ । इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए । सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जिते । भुपेन्द्र गुरुङले […]

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ ।

इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए । सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जिते । भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा पहिलो स्थान हात पारे ।

सोही प्रतियोगितामा जजको भूमिका निर्वाह गरेका नेपाल उमा कुङफु संघका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि सम्मानित भए । त्यसै कार्यक्रममा स्थानिय निर्वाचन– २०७९ मा तार्केश्वर नगरपालिको मेयरमा निर्वाचित भएका काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जनलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन, नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, पूर्व अध्यक्ष उद्धव थापा मगर, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । भूपेन्द भने हाल इङल्यान्डमै रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.