3 years ago
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को आयोजनामा यु–१६ नेक्सस कप टी– २० क्रिकेट– सिजन ५ सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकको २ सहित १२ छात्र टिमको सहभागिता रहने एनसीएका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह विजेता सोझै सेमिफाइनलमा प्रवेश गर्ने छन् । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पहिलो दिन २ खेल हुनेछ ।
पहिलो खेल जिएचसीए ललितपुर र केसीटीसी तथा दोश्रो खेल आयोजक एनसीए र ओसिस् क्रिकेट एकेडेमीबीच खेल हुने छ । असार १४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]