default_image

2 years ago

June 22, 2022

न्यू डायमन्ड र ज्ञान सुधाको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमी र ज्ञान सुधा एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बुधबार भएको खेलमा न्यू डायमन्डले परोपकार आदर्श माविलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको । पहिलो सेटमा २५–४ को एकपक्षीय जित निकालेको […]

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमी र ज्ञान सुधा एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बुधबार भएको खेलमा न्यू डायमन्डले परोपकार आदर्श माविलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको । पहिलो सेटमा २५–४ को एकपक्षीय जित निकालेको डायमन्डले दोस्रो सेटमा २५–१७ को सेटमा जित निकाल्न सफल भयो ।

अर्काे खेलमा ज्ञान सुधा एकेडेमीले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २–० को सोझो सेटमै पराजित गर्दै विजयी सुरुवात गरेको छ । ज्ञान सुधाले ब्राइट होराइजनमाथि २५–१२ र २५–१७ को सोझो सेटमा जित निकाल्न सफल भयो ।

शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ । जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होमको सहभागिता रहेको छ । खेलहरु राउन्ड रोविन लिगको आधारमा हुने छ । शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौथो हुनेले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

चन्द्रागिरी नगरपालिकाले मुख्य प्रायोजन तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । चौथो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सर्वाेत्कृष्टले तीन हजार रुपैयासहित ट्रफी प्राप्त गर्नेछन् । व्यक्तिगत विधाको उत्कृष्टहरुले समान १ हजार रुपैया र ट्रफी प्राप्त गर्नेछन् । बुधबार दुई खेल हुनेछ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.