default_image

3 years ago

June 23, 2022

नेपालले युएईलाई हराउन सुधार गर्नुपर्ने पाँच कमजोरी

163 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा शुक्रबार पहिलो सेमिफाइनलमा युएईसँग खेल्दैछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड छन् ।


नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल हङकङसँग ७ विकेटले पराजित हुँदा युएई अपराजि टोली हो । पछिल्लो समय युएई महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

गत वर्ष नोभेम्बरमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा युएईले नेपाललाई ४८ रनले पराजित गरेको थियो ।
नेपालले आफ्नो केहि कमजोरीलाई सुधार नगरी युएईलाई हराउन कठिन देखिन्छ । युएईलाई हराउँदै एसिया कप खेल्ने सपना पूरा गर्न नेपालले सुधार गर्नुपर्ने पाँच कमजोरी यस प्रकार छन् ।

५.ब्याटिङक्रममा परिवर्तन

नेपालले राम्रो ब्याटिङ गर्दै युएईलाई हराउन नेपालको ब्याटिङक्रम नै परिवर्तनको आवश्यक देखिन्छ । शीर्ष चार ब्याटिङक्रम निकै महत्वपूर्ण हुने गर्दछ । नेपालले भुटानविरुद्ध विन्दु रावल र ज्योति पाण्डेलाई ओपनिङ गराएको थियो । सीता रानामगर तेस्रो, इन्दु बर्मा चौथो, काजोल श्रेष्ठ पाँचौं र रुविना क्षेत्रीलाई पाँचौं नम्बरमा ब्याटिङ गरेका थिए ।

कुवेतविरुद्ध ज्योति र विन्दुले ओपनिङ सीता तेस्रो, इन्दु चौथो, काजोल पाँचौं र रुविना छैटौं नम्बरमा ब्याटिङ गरेका थिए । हङकङविरुद्ध सीता र विन्दु ओपनिङ, इन्दु तेस्रो, काजोल चौथो र रुविनाले पाँचौं नम्बरमा ब्याटिङ गरेका थिए । यो ब्याटिङक्रमले युएईलाई हराउन कठिन पर्छ ।

विन्दु र ज्योति दुबै सुस्त शैलीमा खेल्ने गर्दछन् । प्लेइङ ११ मा नेपालले विन्दु, काजोल, ज्योति, सीता र अप्सरी गरि पाँच ओपनर खेलाएको छ । नेपालले ओपनरमा सीता र अप्सरी राम्रो विकल्प देखिन्छन् । सीताले इनिङ सम्हाल्दा अप्सरीले आक्रामक ब्याटिङका साथ रनको गति बढाउन सक्छिन् । महत्वपूर्ण र दबाबको खेलमा अनुभवी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुन्छ ।
तेस्रो नम्बरमा इन्दु बर्मालाई खेलाउन सक्छ ।

चौथो नम्बरमा कप्तान रुविना आफैं आउनुपर्छ । किनभने प्रमुख खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ । छैटौं नम्बरमा खेल्दा तुलनात्मक रुपमा कम बल खेल्न पाइन्छ । चाँडै पालो आउन टोलीले खराब सुरुवात गर्नुपर्छ । खराब सुरुवातमा ठूलो इनिङ खेल्न कठिन पर्छ । रुविनाले चौथो नम्बरमा ब्याटिङ गर्दै राम्रो योगफलमा पुर्याउन सक्नुपर्छ ।

रुविनाले तल्लोक्रमका ब्याटरलाई खुलेर खेल्न सक्ने वातावरण तयार पार्दिनुपर्छ । पाँचौं नम्बरमा विकेटकिपर ज्योति र काजोल मध्य एकलाई मैदान उतार्नसक्छ । राम्रो अवस्थामा फिनिसरलाई प्रयोग गर्नसक्छ । छैटौं र सातौं नम्बरमा दुई फिनिसर डली भट्ट र कविता जोशी राम्रो विकल्प हुन् । यी दुई हिटरले जिम्मेवारीका साथ उत्कृष्ट अन्त्य गर्नसके राम्रो योगफलमा पुग्नसक्छ ।


आठौं नम्बरमा कविता कुँवर र नवौं नम्बरमा अश्मिना कर्माचार्यले ब्याटिङ गर्नसक्छन् । कविता राम्रो ब्याटिङ गर्नसक्छिन् । दशौं र ११ औं नम्बरमा स्पिनर संगिता राई र सबनम राई हुनसक्छन् । त्यसैले युएईलाई हराउन नेपालले ब्याटिङक्रम र प्लेइङ ११ दुबै परिवर्तन गर्नुपर्ने देखिन्छ । अन्यथा जित कठिन पर्नसक्छ ।

४. बलिङमा उत्कृष्ट सुरुवात

यस प्रतियोगितामा युएईका शीर्ष तीन ब्याटरले पूरै प्रतियोगिता खेलेका छन् । युएईको मध्यक्रम र तल्लोक्रमका ब्याटरले एक बल पनि खेल्न पाएका छैनन् ।

त्यसैले शीर्ष तीन ब्याटरलाई सुरुवातमै आउट गर्न सके नेपाल पूरा खेलमा हाबी हुनसक्छ । युएईकी ओपनर ईशा रोहित ओजाले तीन इनिङमा एक शतकसहित कुल १ सय ७० रन, तीर्थ सतिशले दुई अर्धशतक सहित १ सय १० र कविशा ईगोडागेले ७३ रन बनाएकी छिन् । युएईको कमजोरीनै मध्यक्रम र तल्लोक्रमका ब्याटर हो ।

जसको नेपाली बलरले सुरुवातमा फाइदा लिन सक्नुपर्छ । शीर्षक्रमका ब्याटरलाई चाँडै आउट गर्दा युएई सस्तैमा अल आउट हुने सम्भावना उच्च देखिन्छ ।

३. ठूलो इनिङको आवश्यक

विशाल योगफल बनाउन वा पूरा गर्न कम्तिमा एक ब्याटरले ठूलो इनिङ खेल्नुपर्छ । तर यस प्रतियोगितामा नेपाली ब्याटरको उच्च प्रदर्शन ३४ रन छ । जुन रुविना क्षेत्रीले कुवेतविरुद्ध खेलेकी थिइन् । नेपाली ब्याटरले कुनैपनि खेलाडीले यस प्रतियोगितामा कुल एक सय रन बनाएका छैनन् ।

रुविनाले ४ खेलमा ८७ रन बनाउँदा अन्य ब्याटरले चार खेलमा गरेर अर्धशतक पनि बनाउ सकेका छैनन् । इन्दु बर्मा ४८, विन्दु रावल ३५, काजोल श्रेष्ठ ३२, सीता र अप्सरी बेगमले समान २२ रन बनाएका छन् । उक्त प्रदर्शन एक ब्याटरले पूरा प्रतियोगितामा नभएर एउटा खेलमा बनाउन पर्छ । सामान्य योगफलमा नेपालले युएईलाई रोक्न सक्दैन । विशाल योगफल बनाउन र पूरा गर्न ठूलो इनिङको आवश्यक देखिन्छ ।

२.आक्रामक ब्याटिङ

टि२० क्रिकेट आक्रामक शैलीको खेल हो । टि२० क्रिकेटमा ३० बल खेलेर १० रन होईन १० बल खेलेर ३० रन बनाउन सक्नुपर्छ । तर नेपाली ब्याटरले भने एक दशक अघिको शैलीमा ब्याटिङ गरेका छन् । अप्सरी बेगम दुई खेलमा १३७ र कविता कुँवर एक इनिङमा १ सय को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।

अन्य कुनैपनि ब्याटरको स्ट्राइकरेट एकसय छुन सकेको छैन । अन्य सबै ब्याटरको स्ट्राइकरेट टेस्ट शैलीमा छ । नेपालका ब्याटरले प्रतियोगितामा छक्का प्रहार गर्न सकेका छैनन् । नेपालका ८ ब्याटरले कुल २५ मात्र चौका प्रहार गरेका छन् । उता युएईकी ओपनर ओजाले एक्लै २४ चौका र ५ छक्का प्रहार गरेकी छिन् ।

युएईका तीन मध्य दुई ब्याटरको स्ट्राइकरेट १ सय ५० माथि छ । युएईका तीन ब्याटरले ४३ चौका र ६ छक्का प्रहार गरेका छन् । टि२० क्रिकेटनै चौका र छक्काको खेल हो । युएईलाई हराउन नेपाली ब्याटरले सुस्त शैली छाडेर आक्रामक शैलीमा खेल्न आवश्यक छ । टेस्ट होईन आधुनिक शैलीको टि२० क्रिकेट खेल्न आवश्यक देखिन्छ । ९०–१०० रनको योगफलको सोचले नेपाल एसिया कप खेल्न सक्दैन ।

१.उत्कृष्ट सुरुवात

ठूलो योगफल बनाउन सुरुवात राम्रो हुनुपर्छ । राम्रो सुरुवातले मध्यक्रम र तल्लोक्रमका ब्याटरले खुलेर आफ्नो शैलीमा खेल्न सक्छन् । नेपालका ओपनरले राम्रो सुरुवात दिन सकेको खण्डमा मात्र बलियो युएईविरुद्ध राम्रो योगफल बनाउन सक्छ ।

भुटानविरुद्ध १२–३, बहराइनविरुद्ध ५–२, हङकङविरुद्ध १८–१ र कुवेतविरुद्ध १९–१ को सुरुवात गरेको थियो । नेपालका ओपनर र शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिन आवश्यक पर्छ ।

अन्यथा नेपाल १ सय रनको आसपासमै रोकिने सम्भावना देखिन्छ । अर्कोतर्फ टोलीको सोच १ सय रन नभएर १ सय ३० माथिको हुनुपर्छ । ठूलो योगफल बिना युएईलाई हराउन सहज हुने छैन । नेपालको सुरुवातले पनि धेरै निर्भर गर्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.