default_image

3 years ago

June 25, 2022

न्यू डायमन्डलाई महिला भलिबल उपाधि

269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

परोपकार आदर्श माध्यमिक विद्यालयमाथि ३–० को सोझो सेटमा पराजित गर्दै डायमन्डले उपाधि जित्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा डायमन्डले २५–१५, २५–१२ र २१ को सोझो सेटमा जित निकाल्दै अपराजित रहेर उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । न्यू डायमन्डले पहिलो र दोस्रो सेटमा सहज जित निकाल्न सफल भएपनि तेस्रो सेटमा चुनौतीको सामना गर्नुपरेको थियो ।

ज्ञान सुधा एकेडेमीले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५–१४, २५–१३ र २५–५ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । उपाधिसँगै न्यू डायमन्डले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दोस्रो भएको परोपकारले २५ हजार र तेस्रो भएको ज्ञान सुधा एकेडेमीले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चौथो भएको ब्राइट होराइजनले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । न्यू डायमन्डकी प्रगतिनाथ सर्वाेत्कृष्ट खेलाडी चुनिइन् । उनले ३ हजार रुपैयाँसहित शिल्ड हात पारिन् ।

न्यू डायमन्डकी सलिना बुढा मगर उत्कृष्ट स्पाइक, डायमन्डकै ननशा महरा ब्लकर, परोपकारकी रोशनी कार्की सेटर, परापकारकै रुजिता दर्जी सर्भर, न्यू डायमन्डकी एन्जिला प्रधान लिवेरो र न्यू डायमन्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान १ हजार र शिल्ड हात पारेका छन् ।

विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, न्यू डायमन्ड स्पोर्ट्स क्लबका अध्यक्ष सुनकेशरी माली लगायतले पुरस्कृत गरे ।

गत बुधबारदेखि राउन्ड रोविन लिगको आधारमा शुरु भएको प्रतियोगितामा चार विद्यालयको सहभागिता रहेको थियो । यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यू डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता रहेको छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.