3 years ago
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को फाइनलमा प्रवेश गरेको छ ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको सोमबार भएको सेमिफाइनलमा नेक्ससले ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए), लतिलपुरलाई २८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
जिएचसीएले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको थियो । मूलपानी क्रिकेट मैदानमा नेक्ससले पूरै २० ओभर खेल्दै अलआउट हुनुअघि १ सय १० रन बनायो । नेक्ससका उत्तम थापा मगरले १ चौका र २ छक्का मद्दतमा ४५ बलमा ४४ तथा रोहन साहले २ छक्का सहयोगमा ४७ बलमा ३३ रन जोडे ।
जिएचसीएका अजय यादव र रुपेश यादवले समान २ विकेट लिए । जिएचसीए १८.२ ओभरमा ८२ रनमा अलआउट भयो । जिएचसीएका लक्की कठायतले १७ रन बनाए । ‘म्यान अफ द म्याच’ नेक्ससका रोहन साहले ३ विकेट हात पारे ।
उपाधिका लागि नेक्ससले मंगलबार अपन राधेमाई युवा क्लबसंग खेल्ने छ । आइतबार भएको सेमिफाइनलमा राधेमाईले कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीमाथि ९० रनको सहज जित दर्ता गर्दै फाइनल पुगेको थियो ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा […]
November 16, 2025
एजेन्सी – मिकेल ओयार्जाबालले २ गोल गरेको खेलमा स्पेनले जर्जियालाई ४- ० को जित दिलाए। यो जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ। स्पेन ५ खेलपछि समूह ‘ई’ को शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको टर्कीभन्दा ३ अंक अगाडि छ। दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ। खेलको ११औँ मिनेटमा जर्जियाका जियोर्जी गोचोलेश्विलीको ह्यान्डबलका कारण […]
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]