default_image

2 years ago

June 28, 2022

अपन राधेमाईलाई नेक्सस कप

काठमाडौं (हाम्रो खेलकुद) – अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को उपाधि मंगलबार जितेको छ । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित ग¥यो । मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को उपाधि मंगलबार जितेको छ ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित ग¥यो ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ रन जोड्यो । राधेमाईका सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोडे । नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २–२ विकेट लिए ।

जवाफमा नेक्ससले ११.४ ओभरमा ४३ रन जोड्दै सबै विकेट गुमायो । नेक्ससका सन्दिप विष्टले ३० स्कोर गरे । ‘म्यान अफ द म्याच’ राधेमाईका अनिश साह कानुले ३.४ ओभरमा ५ रन खर्चेर ५ विकेट लिए ।

उपाधिसंगै राधेमाईले १ लाख नगद पुरस्कार हात पा¥यो भने नेक्ससले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो । मोफसलको टोलीले उपाधि जितेको तेश्रो पटक हो । पहिलो संस्करण महेन्द्रनगरको सनराइज र दोश्रो वीरगन्जको युनाइटेड क्लबले जितेका थिए ।

तेश्रोमा आयोजक नेक्सस च्याम्पियन बन्दा चौथोमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुरले उपाधि चुमेको थियो । राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर पनि घोषित भए । उनले प्रतियोगितामा १ ह्याट्रिकसहित १४ विकेट लिए । प्रतियोगिताभर ११५ रन जोडेका नेक्ससका उत्तम थापा मगर उत्कृष्ट व्याट्सम्यान चुनिए । उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) का कमल शाहीले जिते ।

विजेतालाई काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका ५ सहित १२ टिम सहभागी थिए ।

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

April 24, 2024

एपिएफले पुलिसलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो सेट २५–२१ ले जितेको […]

Success

Thank you for your time.