default_image

2 years ago

July 6, 2022

युभेन्ट्स फर्कने पोग्वाको तयारी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि पउल पोग्बाले फ्रि ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्स फर्कने तयारी गरेका छन् । २९ वर्षीय फ्रान्सेली मिडफिल्डरले आफ्नो स्थानान्तरण पूरा गर्न यसै साता मेडिकल गर्ने बुझिएको छ । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाटै ८९ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा युनाइटेड आएका थिए । युनाइटेड र पोग्बाबीच नयाँ सम्झौतामा […]

60 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि पउल पोग्बाले फ्रि ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्स फर्कने तयारी गरेका छन् ।

२९ वर्षीय फ्रान्सेली मिडफिल्डरले आफ्नो स्थानान्तरण पूरा गर्न यसै साता मेडिकल गर्ने बुझिएको छ । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाटै ८९ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा युनाइटेड आएका थिए ।

युनाइटेड र पोग्बाबीच नयाँ सम्झौतामा सहमत हुन असफल भएपछि क्लबले जुनको सुरुमै पोग्वाले क्लब छाड्ने पुष्टि गरेको थियो । पोग्बाले युभेन्टसको अमेरिका भ्रमणअघि नै अर्को हप्ता युभेन्टससँग प्रशिक्षण सुरु गर्ने बुझिएको छ । अमेरिका भ्रमणमा युभेन्ट्सले २७ र ३० जुलाईमा बार्सिलोना र रियल म्याड्रिडसँग खेल्ने तालिका छन् ।

युभेन्ट्स लगातार दोस्रो सिजन च्याम्पियन एसी मिलानभन्दा १६ अंकले पछि रहँदै यो सिजन सिरी ए मा चौथो स्थानमा रह्यो । त्यस सिजनभन्दा अघि युभेन्ट्स इन्टर मिलानसँग पछि परेको थियो । त्यसअघि युभेन्ट्स लगातार ९ सिजन च्याम्पियन बनेको थियो ।

पोग्बाले २०१२–१३ को सिजनदेखि २०१५–१६ को सिजनसम्म युभेन्ट्सले सिरी एको उपाधि जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए । उनले आफ्नो अघिल्लो स्पेलमा १७८ खेलमा ३४ गोल गरेका थिए । पोग्वा २०१२ मा युनाइटेडको एकेडेमीबाट निशुल्क नै समावेश भएका थिए ।

ओल्ड ट्राफोर्डमा आफ्नो पहिलो सिजनको दौडान, पोग्बाले युनाइटेडलाई इएफएल कप र युरोपा लिग जिताउन मद्दत गरेका थिए । तत्कालीन प्रबन्धक जोसे मोरिन्होसँगको असहमतिपछि उनले युनाइटेडको उपकप्तान पद गुमाउन पुगेको थियो । चोटका कारण पनि उनी केही समय मैदान बाहिर रहे ।

सन् २००९ मा १६ वर्षको उमेरमा ले हाभ्रेबाट युनाइटेड एकेडेमीमा भर्ना भएका पोग्बाले फ्रान्सले २०१८ मा रूसमा भएको विश्वकप जित्दा टोलीका सदस्य थिए । २०१८–१९ मा युनाइटेडका लागि १६ गोल गरेका उनले त्यसपछि आफ्नो लयलाई निरन्तरता दिन सकेका छैनन् ।

पछिल्लो तीन सिजनमा उनले ९१ खेलमा ८ गोल गरेका छन् । पोग्बाले क्लबमा आफ्ना दुई स्पेलमा २३३ खेलमा ३९ गोल गरेका छन् ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.