1 year ago
August 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६ : १० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् । टोलीका सबै खेलाडीले भने बिहीबार […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६ : १० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् ।
टोलीका सबै खेलाडीले भने बिहीबार नै होटल हायत प्लेसमा पुगि सकेका छन् । शुक्रबार फिटिनेश प्रशिक्षण हुनेछ । शनिबारबाट नियमित अभ्यास गर्ने बुझिएको छ । नेपालले केन्यासँग पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेल खेल्नेछ । टि२० आई सिरिज २५ अगष्टदेखि सुरु हुनेछ । क्यारेविन प्रिमियर लिग (सिपिएल) को कारण सन्दीपले तीन एकदिवसिय अभ्यास खेल भने खेल्ने छैनन् । सन्दीप नहुँदा रोहित पौडेलले कप्तानी गर्नेछन् ।
अघिल्लो महिना पुबुदु दासानायकेले राजीनामा दिँदै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि नेपालले प्रभाकरलाई नियुक्त गरेको हो । बिसिसिआईका उच्च पदाधिकारीको सिफारिसमा प्रभाकरलाई नियुक्त गरेको क्यानले जनाएको थियो । प्रभाकरको सम्झौता एक वर्षको रहेको छ । सन् २०१९ मा उमेश पटवालपछि प्रभाकर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने दोस्रो भारतीय हुन् ।
प्रभाकर भारतीय क्रिकेटमा सन् १९९० को समयका चर्चित अलराउन्डर थिए । ५९ वर्षीय प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् । प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए ।
१९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो । सनाथ जयसूर्याले उनको करिअर समाप्त पार्नेक्रममा एकै ओभरमा २२ रन प्रहार गरेका थिए । उनले मुख्य प्रशिक्षकको रुपमा भारतको राजस्थानलाई रणजी ट्रफीमा हेरेका छन् । दिल्ली र अफगानिस्तानको बलिङ प्रशिक्षकको रुपमा २०१६ को टि२० विश्वकपमा काम गरेका थिए ।
यो पनि पढ्नुहोस् : के चाहन्छ प्रभाकरबाट नेपाली क्रिकेट ?
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]
November 20, 2023
एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]
November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण आगामी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले कोरोना भाइरस (कोभिड–१९) पछि रोकिएको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण माघ १२ देखि २२ गतेसम्म हुने काठमाडाैंमा हुने जानकारी गराएको छ । ११ […]