default_image

1 year ago

December 2, 2022

स्पेनलाई पहिलो हाफमा अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पेनले जापानको सामना गर्दैछ । पहिलो हाफको खेल सकिँदा स्पेन १-० ले अघि छ । खेलको तीन चौथाई समय बल पोसेसनमा पकड जमाएको स्पेनले जापानलाई खेलमा फर्कने अवसर नै दिएको छैन । पोसेसनमा नहुँदा पनि विपक्षीमाथि द्रुत गतिमा दबाब कायम गर्दै स्पेनले […]

85 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पेनले जापानको सामना गर्दैछ । पहिलो हाफको खेल सकिँदा स्पेन १-० ले अघि छ ।

खेलको तीन चौथाई समय बल पोसेसनमा पकड जमाएको स्पेनले जापानलाई खेलमा फर्कने अवसर नै दिएको छैन । पोसेसनमा नहुँदा पनि विपक्षीमाथि द्रुत गतिमा दबाब कायम गर्दै स्पेनले अग्रता जोगाएको छ ।

छैटौं मिनेटमा स्पेनका कप्तान सर्जियो बुस्केट्सले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बाहिरियो । लगत्तै अर्को तर्फ जुन्या इटोले पेनाल्टी क्षेत्रको दायाँबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको १२ औं मिनेटमा स्पेनले अग्रता लियो । सेजार एज्पिलीक्वेटाको क्रसमा अल्भारो मोराटाले हेडरमार्फत गोल गरे । उनले दुई डिफेन्डरको बिचमा उफ्रेर क्रससँग राम्रो सम्पर्क गर्दै स्पेनलाई अघि बढाए ।

२३ औं मिनेटमा मोराटाकै प्रहार गोलरक्षक शुइची गोन्डाले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । गाभीको पासमा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट मोराटाले गरेको शक्तिशाली प्रहार सिधै हातमा पुगेपनि गोन्डाले पहिलो प्रयास फुस्काएका थिए ।

समूहको अर्को खेलमा जर्मनीले कोस्टारिकाविरुद्ध १-० को अग्रता लिएको छ । अहिलेकै स्कोर अन्त्यसम्म कायम रहे स्पेन समूह विजेता र जर्मनी उपविजेता बन्दै अघि बढ्नेछन् । अहिलेको अवस्थामा स्पेन ७ अंकसहित समूहको शीर्षस्थानमा रहनेछ । जर्मनी ४ अंकका साथ दोस्रो हुनेछ । जापान र कोस्टारिका ३-३ अंकका साथ तेस्रो र चौथो हुनेछन् ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.