default_image

1 year ago

December 3, 2022

नेत्रहीन टी–२० विश्वकपमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो नेत्रहीन टी– २० क्रिेकट विश्व कपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्दै छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ […]

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो नेत्रहीन टी– २० क्रिेकट विश्व कपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्दै छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरिन् । खेलहरु भारतको दिल्ली र बैगालुरुमा खेलाइने छ ।

खिमानन्द गैरेको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी, सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी रहेका छन् ।

टिम प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा तुम्रु उप्रेती तथा अफिसियलमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ छन् ।

प्रतियोगितामा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी ७ राष्ट्रले पहिले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

लिगमा नेपालले डिसेम्बर ६ मा भारत, ७ मा बंगलादेश, ९ मा अस्ट्रेलिया, १० मा दक्षिण अफ्रिका, १३ मा श्रीलंका र १४ मा पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

Success

Thank you for your time.