default_image

1 year ago

December 7, 2022

जित कुण्डो सेमिनार सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जित कुण्डो मार्सल आर्ट संघको आयोजनामा सातौं जित कुण्डो सेमिनार बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ । सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरिरहेका छन् । उनलाई नेपाल जितकुण्डो […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जित कुण्डो मार्सल आर्ट संघको आयोजनामा सातौं जित कुण्डो सेमिनार बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ ।

सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ । सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरिरहेका छन् ।

उनलाई नेपाल जितकुण्डो मार्सल आर्ट संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले सहयोग गरिरहेका छन् ।

सेमिनार शुक्रबार हुने तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको हो । प्रतियोगिता र सेमिनारलाई टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको छ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.