default_image

1 year ago

December 9, 2022

जमुना र सरला फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी सरला दनुवार तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गरे । महिला ५० केजीमाथि सिन्धुपाल्चोककी […]

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी सरला दनुवार तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गरे ।

महिला ५० केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवार र सर्लाहीकी साँझ यादव फाइनलमा पुगे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा केन्द्रीय डोजाङका विजय थापा र काठमाडौंका प्रदीप बलामी मगर, ५०.५–५५ केजीमा काठमाडौंका मिलन राई र केन्द्रीयका सुनिल विष्ट तथा ५५.५–६० केजीमा केन्द्रीयका सुमन तामाङ र काठमाडौंका डिकेश श्रेष्ठले फाइनलमा स्थान सुरक्षित गरे ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको पुरुष ३५.५–४० केजीमा सर्लाहीका सुमित विक र सर्लाहीका कृष्ण पण्डित, ३०.५–३५ केजीमा केन्द्रीयका लोकेन्द्र तामाङ र सर्लाहीका जोनबहादुर लुङ्गेली तथा ४०.५–४५ केजीमा केन्द्रीयका नितेश श्रेष्ठ र सर्लाहीका नितेश कठायतले फाइनल यात्रा तय गरे ।

प्रतियोगिताको टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ६ र महिलामा २ गरी ८ स्पर्धामा ९० खेलाडीको सहभागिता रहेको आयोजक जित कुण्डोका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.