पोखरा (हाम्रो खेलकुद) – सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि मंगलबारै इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयले अन्तिम चारमा स्थान पक्का गरिसकेको थियो ।
गण्डकी विश्वविद्यालय आयोजनामा पोखरा रंगशालामा बुधबार भएको खेलमा सहिद स्मृतिले न्यु ग्यालेक्सी माध्यमिक विद्यालयलाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो । सहिद स्मृतिको जितमा जयराम घर्तीमगरले दुई तथा सुनिल पाख्रिन, विवेश सोमाई र जोन रेग्मीले समान एक गोल गरे ।
यस्तै अर्काे खेलमा भद्रकालीले विष्णु पडुका माध्यमिक विद्यालयलाई ५–० ले नै पराजित ग¥यो । भद्रकालीको जितमा भिमबहादुर गुरुङले ह्याट्रिक पूरा गर्दा दिपेश गुरुङ र कप्तान युक्त गुरुङले समान एक गोल गरे ।
यस्तै कालिकाले डायमण्ड माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । कालिकाको जितमा कुशन राई र समुन्द्र सुवेदीले गोल गरे ।
प्रतियोगितामा बिहीबार सेमिफाइलनका खेलहरु हुनेछन् । पहिलो सेमिफाइलनमा भद्रकाली र इन्द्र राज्यलक्ष्मी तथा दोस्रो सेमिफाइनलमा कालिका र सहिद स्मृति भिड्नेछन् । फाइनल शुक्रबार हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।
यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।