3 years ago
January 28, 2023
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लब तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ चौथो भएको छ ।

यसअघिको दुई संस्करणमा फाइनल खेलेको आर्मी अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–१ को सोझो सेटमा पराजित हुँदै चौथो भएको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको तेस्रो स्थानमा प्रतिस्पर्धामा आर्मीले सुरुवाती सेट २५–२२ ले जितेपनि त्यसपछिको तीनै सेट १८–२५, २१–२५ र २०–२५ ले गुमाउन पुग्यो । यससँगै पुलिसले लिग चरणमा भोगेको हारको बदला लिएको छ । लिग चरणमा पुलिस ३–० को सोझो सेटमा पराजित भएको थियो ।
राष्ट्रिय खेलाडीको वर्चश्व रहेको आर्मीको यो टाइगर कपमा सबैभन्दा खराव नतिजा हो । आर्मी आफ्नो मुख्य सेटर हरिहजुर थापाविना नै मैदान उत्रिएको थियो । त्यसको प्रभाव टोलीमा देखिएको थियो । तेस्रो भएसँगै पुलिसले १ लाख २५ हजार रुपैयाँ हात पारेको छ । चौथो भएको आर्मीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आज नै महिलातर्फ उपाधिको लागि दुई विभागीय टोली साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेशले विभागीय नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।
महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]