default_image

1 year ago

January 30, 2023

बिसीसीआईले यू-१९ महिला विश्वकप विजेता भारतलाई ८ करोड दिने

एजेन्सी – भारत क्रिकेट बोर्ड (बिसिसिआई) ले यू-१९ महिला विश्वकप विजेता भारतीय टोलीलाई ८ करोड दिने भएको छ । भारतले आइतबार राती फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । पहिलो पटक भएको महिला यू–१९ विश्वकप उपाधि जित्दै भारतले इतिहास रचेको छ । बिसिसिआईका सचिव जय शाहले सामाजिक सञ्जालमार्फत ५ करोड भारु (८ करोड […]

302 views

0 Bookmark

एजेन्सी – भारत क्रिकेट बोर्ड (बिसिसिआई) ले यू-१९ महिला विश्वकप विजेता भारतीय टोलीलाई ८ करोड दिने भएको छ । भारतले आइतबार राती फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । पहिलो पटक भएको महिला यू–१९ विश्वकप उपाधि जित्दै भारतले इतिहास रचेको छ ।

बिसिसिआईका सचिव जय शाहले सामाजिक सञ्जालमार्फत ५ करोड भारु (८ करोड रुपैयाँ) टिम र म्यानेजमेन्ट टिमलाई दिने जनाएका छन् । जितको लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो ।भारतकी सौम्या तिवारीले ३७ बलमा ३ चौकासहित सर्वाधिक २४ रनमा अविजित रहिन् । इंग्ल्यान्डकी हन्ना बेकेर ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउस एक एक विकेट लिए ।

त्यसअघि सेनवेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १७.१ ओभरमा ६८ रनमा अल आउट भयो । इंग्ल्यान्डकी रियाना म्याकडोनाल्ड गेले २४ बलमा ३ चौकासहित सर्वाधिक १९ रन बनाइन् । नियाम हल्याण्ड १०, एलेक्सा स्टोनहाउस र सोफिया स्मालेले ११–११ रन बनाइन् ।

भारतकी तितास साधुले ४ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । अर्चना देवीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । पाश्रर्वी चोपडा ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.