1 year ago
January 30, 2023
एजेन्सी – स्पेनिस कोपा डेल रे को सेमिफाइनलमा दुई महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्ने भएका छन् । सोमबार सार्वजनिक गरिएको खेल तालिका अनुसार उपाधिका दावेदार दुई टोली फाइनलअघि नै भिड्ने भएका हुन् । प्रतियोगिताको अर्को सेमिफाइनलमा ओसासुना र एथ्लेटिक बिल्बाओ खेल्नेछन् । रियलले पहिलो खेल घरेलु मैदानमा खेल्नेछ । पहिलो लेग मार्च पहिलो साता […]
एजेन्सी – स्पेनिस कोपा डेल रे को सेमिफाइनलमा दुई महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्ने भएका छन् । सोमबार सार्वजनिक गरिएको खेल तालिका अनुसार उपाधिका दावेदार दुई टोली फाइनलअघि नै भिड्ने भएका हुन् ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा ओसासुना र एथ्लेटिक बिल्बाओ खेल्नेछन् । रियलले पहिलो खेल घरेलु मैदानमा खेल्नेछ । पहिलो लेग मार्च पहिलो साता हुँदा दोस्रो लेग अप्रिलको पहिलो सातामा हुनेछ । यसबीचमा दुई टोलीले १९ मार्चमा क्याम्प नोउमा ला लिगाको खेल खेल्नेछन् ।
त्यस्तै ओसासुनाले पनि पहिलो लेगमा बिल्बाओलाई आमन्त्रण गर्नेछ । यो खेल फेब्रुअरी दोस्रो साता पहिलो लेग र मार्च पहिलो सातामा दोस्रो लेग हुनेछ । फाइनलमा पुग्ने टोलीले सन् २०२४ को सुपर कपमा पनि स्थान पक्का गर्नेछ ।
हालसम्म रियल र बार्सिलोनाले कपमा ३५ पटक खेलेका छन् । बार्सिलोनाले १५ खेल जित्दा रियलले १२ खेलमा जित हासिल गरेको छ । ८ खेल बराबरीमा सकिएको थियो ।
April 20, 2024
एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]
April 20, 2024
एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]
April 19, 2024
एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]