काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेटले दोस्रो संस्करणको प्याट्रियोट्स अन्तर कलेज क्रिकेट प्रतियोगिता फाइनलमा ब्लूबर्ड कलेजलाई २७ रनले हराउँदै उपाधि जितेको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको गोल्डेन गेटले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । गोल्डेन गेटका आशुतोष घिराइयाले ५५ बलमा सर्वाधिक ६६ रन बनाए ।
तृतराज दास र साहिल पाटिल १९-१९ रनमा आउट भए । रवि शाहले १० रन जोडे । ब्लूबर्डका मेहुल श्रेष्ठ, कौशल रुपाखेतीले समान दुई दुई विकेट लिए । सुवास खत्री र विवेक रानामगरले एक एक विकेट लिए ।
जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको ब्लूबर्ड १८.५ ओभरमा १ सय a२१ रनमा अल आउट भयो । उसका दीपक प्रसाद डुम्रेले २९ बलमा ३२ रन बनाए । सन्दीप शाह विष्ट २०, रोनल्म तिवारी १९ र निर्भिक पाठकले १० रन जोडे । गोल्डेन गेटका रवि शााह र आशुतोषले समान दुई विकेट लिए ।