default_image

3 years ago

April 1, 2023

सुरज र लक्ष्मी पहिलो

194 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका सुरज राना मगर र काठमाडौंकी लक्ष्मी मगर दोश्रो प्रज्ञा स्मृति साईक्लिङ म्याराथन अन्तरगत इलाइटतर्फ पहिलो भएका छन् ।

निर्धारित ६५ किमि दुरी १ घण्टा ५४ मिनेट ३८ सेकेण्डमा पार गर्दै सुरजले उपाधी हात पारेका हुन् । आर्मीका सुरेश भुजेलले १ घण्टा ५४ मिनेट ३८.५२ सेकेण्डसहित दोस्रो भए ।

अमेरिकी नागरिक केलेभ हब ब्याण्ड तेस्रो तथा काभ्रेका अच्युत कृष्ण खरेल चौथा र आर्मीका हिमाल थनेतले क्रमश पाँचौ भए । उपाधीसँगै सुरजले ५० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएको सुरेशले ४० हजार तथा तेस्रो भएको केलेभले ३० हजार रुपैयाँ पाए ।

महिला इलाइटतर्फ काठमाडौँकी लक्ष्मी मगरले १ घण्टा ५७ मिनेट १७ सेकेण्डमा दुरी पार गर्दै पहिलो भइन् । प्युठानकी हुमी बुढा मगरले २ घण्टा ११ मिनेट ४५ सेकेण्ड निर्धारित दुरी पार गरि दोश्रो बनिन् । ईन्द्रकुमार तामाङ २ घण्टा २८ मिनेट ४४ सेकेण्डमा पादै तेश्रो भइन् ।

यस्तै पुरुष मास्टरतर्फ हर्क लामा पहिलो, विकास महर्जन दोस्रो तथा देव बहादुर बोहरा तेस्रो भए । पुरुष जुनियरतर्फ किरण लिम्बु पहिलो, अश्विन खत्री दोस्रो र सचिन सहनी तेस्रो भए । महिला जुनियरतर्फ विदिशा चौधरी पहिलो, साया थापा दोश्रो र निति गुरुङं तेस्रो भईन् ।

चितवन विशेषको पुरुषतर्फ प्रनित थापा प्रथम, रोनिश कर्मचार्य दोश्रो र सन्दिप श्रेष्ठ तेश्रो भए । महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोश्रो र नीति गुरुङं तेश्रो भईन् ।

प्रतियोगितामा देशभरबाट ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । दिवङगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले साईक्लिङ म्याराथनको आयोजना गर्दै आईरहेको छ ।

प्रतिष्ठानले आगामी वर्षबाट अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानकी अध्यक्ष रेनु दाहाले जानकारी दिईन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलले प्रदेश सरकार खेलकुद विकासका नयाँ रणनीतिका समथ अगाडी बढेको स्पष्ट पारे ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताईन् ।

यसैगरी प्रदेश खेलकुद विकास परिषद् वागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले खेलकुदको विकास लागि वागमती प्रदेश मुलुकै अग्रणी भएको बताए ।

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.