default_image

5 months ago

April 18, 2023

रोलबल टोली भारत जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं रोलबल विश्व कपमा सहभागी हुन रोलबल टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । अप्रिल २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष-महिला दुवै टोली सहभागी हुनेछ । पुरुष टोलीमा अभिषेक मानन्धर […]

13 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं रोलबल विश्व कपमा सहभागी हुन रोलबल टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

अप्रिल २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष-महिला दुवै टोली सहभागी हुनेछ । पुरुष टोलीमा अभिषेक मानन्धर (कप्तान), उज्ज्वल महर्जन, राज श्रेष्ठ, राहुल खत्री क्षेत्री, अन्शल श्रेष्ठ, विजय खनाल, विदूग श्रेष्ठ, इमोन यादव, समिप लामिछाने र सम्मान केसी रहेका छन् ।

महिला टोलीमा पासाङ याङ्जी शेर्पा (कप्तान), वितिशा महर्जन, प्रसीका बोहरा, रिया श्रेष्ठ, नयना शाक्य, आयुशषा बलामी, रिभा महर्जन, सुनिचा भाजु, अनुप्रिया तन्डुकार र रिती श्रेष्ठ छन् ।

नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जनको नेतृत्वमा जाने टोलीको अफिसियलमा महासचिव डिकेश प्रधान, प्रशिक्षकमा सुनिल धागे, व्यवस्थापकमा शन्तबहादुर शाक्य र चिकित्शकमा मनीषकुमार शाह रहेका छन् । प्रतियोगितामा नेपालसहित २७ राष्ट्रको सहभागिता रहने रोलबल संघले जनाएको छ ।

September 20, 2023

वीरजङ स्मृति खुल्ला पुरुष भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]

September 20, 2023

एसियाड भलिबल: इरानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]

September 19, 2023

गण्डकीका रवि सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]

Success

Thank you for your time.