2 years ago
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बेसबल तथा सफ्ट बल संघको चुनावी साधारण सभाले दीपक न्यौपानेलाई निरन्तरता दिदै २० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा प्रदिपकुमार खत्री, उपाध्यक्षमा विपिन वज्राचार्य, नारायण घर्ती र सुरेन्द्र थपलिया, महासचिवमा प्रदिप शाह, सचिवमा सन्जीव फुयाल केसी र कोषाध्यक्ष उपेन्द्रविक्रम लामा रहेका छन् ।
तिलक ढुंगाना, रोशन थापा, शिवकुमार खड्का, हेमराज गिरी, सुनिता थापा, निरोज श्रेष्ठ, सुजना पौडेल खत्री, हिरा थपलिया, दीपेन्द्र कार्की र हरि धमला सदस्यमा चयन भए ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यसमितको पहिलो बैठकले रमिता अधिकारीलाई उपाध्यक्ष तथा इश्वर थापा र रामकुमार खड्कालाई सदस्यमा मनोनयन गरेको छ ।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]