8 months ago
July 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल फर्काएका थिए ।
जित लागि एपिएफको २ खेलमा ४ अंक भएको छ । सातदोबाटोको भने २ खेलमा कुनै अंक रहेको छैन ।
यस्तै दिनको दोस्रो खेलमा पुलिसले संकटालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । पुलिसका रञ्जित लामाले दुवै गोल गरे ।
पुलिसका २ खेलमा ६ अंक रहेको छ भने संकटाको पनि कुनै अंक रहेको छैन ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]