default_image

6 months ago

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

2592 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ ।

सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै सोझो सेटमा नै हार बेहोरेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको खेलको पहिलो सेट सम्झन लायक हुन सकेन । नेपालले पहिलो सेट २५–१४ ले गुमायो ।

दोस्रो सेटमा नेपालले अन्त्यतिर बलियो चुनौती दिदै पुनरागमनको प्रयास गरेपनि नतिजा २५–२३ ले सुम्पन पुग्यो । तेस्रो सेटमा पनि नेपालले रसियालाई बलियो चुनौती पेश गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । नेपाल तेस्रो सेटमा २५–२२ ले पराजित हुन पुग्यो ।

तुलनात्मक रुपमा बलियाे र अग्ला कदका रसियाविरुद्ध नेपालले स्पाइक र ब्लकमै अंक जाेड्दै नेपालमै आयाेजा हुन लागेकाे काभा नेसन्स लिगकाे लािग तयार रहेकाे संकेत दिएकाे छ ।

बलियो रसियाविरुद्धको दोस्रो खेलमा नेपालकी सरस्वती चौधरीले उच्च प्रदर्शन गरेपनि टोलीलाई जिताउन सकिनन् । नियमित स्पाइकर निरुता ठगुन्नाले प्रदर्शन फितलो हुँदा अवसर पाएकी आरती सुवेदीले आँफुलाई प्रमाणित गरिन् ।

नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । अब नेपाली टोली काभा नेसन्स लिगको लागि तयारीमा जुट्नेछ ।

काभा नेसन्स लिग साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुदैछ । काभा नेसन्स लगमा आयोजक नेपालसँगै भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता रहनेछ ।

January 14, 2025

बिबिसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.