1 month ago
August 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करोत खेलको मुख्य प्रशिक्षकमा दिपक श्रेष्ठलाई नियुक्ती गरेको छ ।
सदस्य सचिव स्तरिय निर्णय अनुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्माले जानकारी दिएको राखेपले बताएको छ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले बिहीवार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारीको पत्र दिएका थिए।
करातेका नायव बरिष्ठ प्रशिक्षक श्रेष्ठ यस अघि सहायक मुख्य प्रशिक्षकका रुपमा कार्यरत थिए । करातेको मुख्य प्रशिक्षक रहेका तुल्सी महर्जन उमेर हदका कारण अवकाश पाएभए पछि केही महिना देखि मुख्य प्रशिक्षकको पद रिक्त थियो ।
September 12, 2024
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ अर्काे महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतबार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १२ र महिलामा ५ टोलीको सहभागिता रहने क्लबका […]
September 7, 2024
सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]
September 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ। नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो […]