6 months ago
August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली र एपिएफ क्लबकी मिडफिल्डर प्रिती राई स्पोर्टस वेयर ब्रान्ड जोमाको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्।
प्रिती र जोमा नेपालका प्रबन्ध निर्देशक विश्वास थोकरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
‘नयाँ ब्रान्ड एम्बेसडरको रुपमा प्रितीलाई जोमा परिवारसँग जोड्न पाउँदा खसी लागेको छ,’ प्रबन्ध निर्देशक थोकरले भने, ‘समर्पण र मेहनतले उहाँ राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य हुनुहुन्छ। उहाँ नयाँ पुस्ताको
प्रेरणाको स्रोत हुनुहुन्छ।’
प्रितीले जोमाको ब्रान्ड प्रवर्द्धनमा भाग लिने बताइएको छ। यो सहकार्यले नेपालमा कपमा ब्रान्ड बिस्तार हुने विश्वास जोमा नेपालले विश्वास लिएको छ। अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड जोमा स्पेनिस उत्पादन हो ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]