default_image

10 months ago

August 18, 2024

निराजनको गोलमा नेपाललाई अग्रता

2684 views

0 Bookmark

एजेन्सी – साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले मध्यतिर अग्रता लिएको थियो । आक्रमक फुटबलमा जोड दिएको नेपालले पटक पटक गोलको अवसर पनि सिर्जना गरेको छ ।

ए डिभिजनको अनुभव बोकिसकेका फरवार्ड निराजन धामीले नेपाललाई अग्रता दिलाएका हुन् । श्रीलंकाले खासै प्रभाव जमाउन सकेको छैन भने पहिलो हाफमै २ खेलाडी परिवर्तन गरिसकेको छ ।

खेलको दोस्रो मिनेटमै नेपालको अग्रता लिने प्रयासमा अफसाइड बाधक बन्यो । अभिनाश स्याङतानको फ्रिकिकमा निराजन धामीको प्रयास गोल भएपनि सहायक रेफ्रीले अफसाइडका लागि झन्डा उठाए ।

खेलको २४ औं मिनेटमा निराजनले नै नेपाललाई अग्रता दिलाए । समिर तामाङले थ्रो इन बाट आएको बललाई पेनाल्टी क्षेत्रभित्र खेक्दा श्रीलंकाली डिफेन्डरले क्लियर गर्न सकेनन् । त्यसै बललाई नियन्त्रणमा लिँदै निराजनले सुन्दर फिनिस गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा श्रीलंकाका मिहम्द थिल्हमले गरेको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाए ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

June 15, 2025

विपना र अरहान्तलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिंहले १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । विपना र अरहान्तले गत साता सम्पन्न भएकाे प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को पनि उपाधि जितेका थिए । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार […]

June 9, 2025

म्याग्दी काली र मोनालाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी काली युनाइटेड र आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) नवौं मोना अस्ट्रेलिया कप भलिबलको च्याम्पियन बनेको छ । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित मोनाले राष्ट्रिय टोलीकै पूर्व कप्तान मान बहादुर श्रेष्ठसम्मिलित […]

June 9, 2025

नेपालले स्कटल्याण्डसँग हार्नुको पाँच कारण

भुपेन्द्र जि.सी. नेपाल आईसीसी विश्वकप लिग-२ मा आइतबार राती घरेलु टोली स्कटल्याण्डसँग दुई रनले स्तब्ध भयो । जित्नलाई ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३ सय २१ रन बनाउँदै अल आउट भयो । आफ्नो ओडीआई इतिहासकै सर्वाधिक रन बनाएपनि नेपालले खेल भने जित्न सकेन । बलिङमा करण केसीले सुरुवातमा दुई विकेट […]

Success

Thank you for your time.