10 months ago
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को साता बस्ने केन्द्रिय कार्यकारी समितिको बैठकका लागि ६ बुँदे एजेण्डा थप गर्न उपाध्यक्ष विराट जंग शाहीले माग गरेका छन्।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई सम्बोधन गर्दै शुक्रवार लेखेको पत्रमा उपाध्यक्ष शाहीले ६ वटा एजेण्डा थप्न आग्रह गरेका छन्। एन्फा केन्द्रिय कार्यकारी समितिको बैठक भदौ ११ लाई डाकिएको छ।
उपाध्यक्ष शाहीले अन्तर्राष्ट्रिय (महिला र पुरुष) खेलाडीहरुको वर्गिकरण र सेवा सुविधा, फिफाद्धारा स्वीकृत भेडावारी परियोजना, रेफ्री तथा प्राविधिकको तलब वृद्धि सम्बन्धमा एजेण्डामा थप्न अनुरोध गरेका छन् ।
त्यस्तै आर्थिक वर्ष आव २०८०/ ८१ को आन्तरिक लेखा परिक्षण प्रतिवेदन, , विश्व कप दोश्रो चरण अन्तर्गतका खेलहरुको आर्थिक विवरण र एन्फाको उपाध्यक्ष दावा लामाको विषयमा वरिष्ठ उपाध्यक्षको उजुरी र राखेपको पत्रका सम्बन्धमा पनि बैठकको एजेण्डामा थप्न शाहीले पत्रमा उल्लेख गरेका छन्।
दुई वर्षअघि भएको एन्फा निर्वाचनमा शाही नेम्वाङकै समूहबाट उपाध्यक्ष चुनिएका थिए।
June 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी काली युनाइटेड र आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) नवौं मोना अस्ट्रेलिया कप भलिबलको च्याम्पियन बनेको छ । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित मोनाले राष्ट्रिय टोलीकै पूर्व कप्तान मान बहादुर श्रेष्ठसम्मिलित […]
June 9, 2025
भुपेन्द्र जि.सी. नेपाल आईसीसी विश्वकप लिग-२ मा आइतबार राती घरेलु टोली स्कटल्याण्डसँग दुई रनले स्तब्ध भयो । जित्नलाई ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३ सय २१ रन बनाउँदै अल आउट भयो । आफ्नो ओडीआई इतिहासकै सर्वाधिक रन बनाएपनि नेपालले खेल भने जित्न सकेन । बलिङमा करण केसीले सुरुवातमा दुई विकेट […]
June 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अर्को साता यु १४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो । प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल […]