1 year ago
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली राष्ट्र पोर्चुगलमा विजया दशमी तथा दीपावालीको अवसरमा युरोपस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगता ‘पोखरा गोल्डकप २०८१’ आयोजना हुने भएको छ ।
पोखरा एफसी लिस्वन पोर्चुगलको आयोजनामा प्रतियोगिता भिटोरिया दि क्लब ओलाइस लिस्वनमा सेप्टेम्वर ८ तारिखमा हुने छ ।
प्रतियोगताको विजेताले ३ हजार युरो र खसीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ हजार ५ सय युरो र बोकासँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समान ५० युरोसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि ३ सय ५० युरो दर्ता शुल्क तोकिएको छ ।
पहिलो पल्ट आयोजना गर्न लागेको प्रतियोगतामा सहभागिताको लागि क्लबले नेपाली समुदायका क्लबलाई आव्हान गरेको छ ।लुक्ला बियरसँगै रेष्टुरेन्ट दियालोको साथ रहेको प्रतियोगिताबाट युरोपभरी छरिएर रहेका नेपाली तथा नेपालीभाषीहरुलाई मध्यनजर गर्दै आपसी समझदारी, भाइचारा बढाउने उद्देश्य रहेको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]