4 months ago
August 3, 2025
एजेन्सी – भारतविरुद्ध जारी पाँचौ तथा अन्तिम टेस्टमा लक्ष्य पछ्याउँदै घरेलु टोली इङ्ग्ल्याण्डले तेस्रो दिन दोस्रो इनिङको सुरुवात गरेको छ ।
ओभलमा जितका लागि इङ्ग्ल्याण्डले ३ सय ७४ रनको लक्ष्य पाएको थियो । इङ्ग्ल्याण्डले तेस्रो दिन शनिवारको खेल सकिँदा ५० रन बनाउँदा १ विकेट गुमाएको छ । २ दिनको खेल बाँकी रहँदा इङ्ग्ल्याण्ड ३ सय २३ रनले पछाडि छ।
ओपनर ज्याक क्रली १४ रन बनाउँदै आउट भए । दिनको अन्तिम ओभरको पाँचौ बलमा क्रली आउट हुन भए । ओपनर बेन डकेट ३४ रनका नटआउट छन्।
भारतका मोहम्मद सिराजले क्रलीको विकेट लिएका हुन्। पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेको छ ।
भारतका ओपनर जैसवालले १४ चौका र २ छक्काको सहयोगमा १ सय १८ रनको शतकीय इनिङ खेले । तेस्रो विकेटका लागि जैसवालले आकाश दिपसँग १ सय ७ रनको शतकीय साझेदारी गरे ।
आकाशले १२ चौकाको सहयोगमा ६६ रन बनाए । रविन्द्र जडेजा र वासिंटन सुन्दरले समान ५३ रन जोडे।धुव्र जुरेल ३४, करुण नायर १७ तथा साई सुदर्सन र कप्तान शुभमन गिल समान ११ रनमा आउट भए ।
घरेलु टोलीका लागि जोस टंगले ३० ओभरमा १ सय २५ रन खर्चिएर ५ विकेट लिए । गस एटकिन्सनले ३ र जेमी ओभरटर्नले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २ सय २४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २ सय ४७ रन जोडेको थियो। ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्ड २-१ ले अघि छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]