default_image

4 weeks ago

October 17, 2025

हरिहजुर नै पुरुष भलिबल टोलीको कप्तान

889 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेटर हरिहजुर थापाले पुनः नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको कप्तानीकाे जिम्मेवारी पाएका छन् ।

नेपाल भलिबल संघको ५८औं कार्यसमितिको बैठक र मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको सिफारिसमा हरिहजुरलाई नै कप्तानको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ ।

हरिहजुर सन् २०२३ को जुनमा नेपाली पुरुष भलिबल टोलीको १०औं कप्तान बनेका थिए । तर, सोही वर्षकै जुलाईमा उनलाई जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण कप्तानीबाट पद मुक्त गरिएको थियो ।

सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान भएको घटनामा हरि हजुर दर्शकतर्फ आक्रोशित भएको भुमिकाप्रति संघ सन्तुष्ट हुन नसकेकोले त्यसबेला उनले कारवाही भोगेका थिए ।
त्यसपछि मान बहादुर श्रेष्ठ नेपाली टोलीको ११औं कप्तान बनेका थिए । उनले पनि गत वर्ष अक्टोवरमा राष्ट्रिय टोलीसँगै कप्तानीबाट पनि सन्यास लिएका थिए । त्यसयता नेपाली पुरुष टोलीको कप्तानी पद रिक्त रहेको थियो ।

थुप्रै कौतुहलताकाबीचि संघले हरि हजुरलाई नै पुनः कप्तानको जिम्मेवारी प्रदान गरेको छ । अब हरिहजुरको कप्तानीले नेपालले कार्तिकमा बंगलादेशमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्नेछ ।

घरेलु भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लबबाट खेल्ने उनी अनुभवी सेटर हुन् । हरिहजुर सन् २०१५ देखि नियमित रुपमा राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । तर, कारवाहीमा परेपछि उनले दुई प्रतियोगिता गुमाएका थिए ।

सोही समयमा उनी नेपाली सेनाको शान्ति मिसनमा गएका थिए । करिव एक वर्षअघिबाट नै उनले भलिबलमा पूनरागमन गरेका थिए । उनीसँग आर्मीको पनि कप्तानी सम्हालिसकेको अनुभव छ ।

यस्तै संघले जेनिशा विश्वकर्मालाई यु–१९ महिला टोलीको कप्तानी प्रदान गरेको छ । अब जेनिशाको कप्तानीमा नेपाली युथ टोलीले श्रीलंकामा आउदो कात्तिक १८ देखि २३ गतेसम्म हुने काभा यू–१९ वुमन्स भलिबल च्याम्पियनसिप २०२५ खेल्नेछ ।

जेनिशाले गत वर्ष पनि यु–२० महिला टोलीको कप्तान सम्हालिसकेकी छिन् । उनको कप्तानीमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

भलिबलका कप्तानहरु

१. ऋषिराज आचार्य २०३३ (काइदे आजाम पाकिस्तान–१९७६)
२. दीपक सापकोटा २०३५ (आठौ एसियाली खेलकुद–थाइल्यान्ड)
३. महेन्द्रलाल श्रेष्ठ
४. राजेश मास्के
५. सुनिल चौधरी
६. विष्णु मास्के
७. भरत शाह (२०५२) (१९९९– ११औं साफ सम्म)
८. कैलाश दत्त भट्ट २०६७ देखि २०७१ सम्म)
९. इम बहादुर राना २०७२
१०. हरिहजुर थापा (२०८० जेठदेखि २०८० असार)
११. मान बहादुर श्रेष्ठ (२०८० साउनदेखि २०८१ कार्तिक)
१२. हरिहजुर थापा (२०८२ असोजदेखि)

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.