default_image

3 weeks ago

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

561 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ।

श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ।

हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को सेटमा  हराउँदै पहिलो जित हासिल गरको हो।‌

ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। नेपाल कुनै पनि समय खेलमा फर्कन सकेन । अफगानिस्तानले नेपाललाई २५-१८,२५-१७,२५-२१ ले हराएको हो ।

नेपालले पहिलो खेल ताजिकिस्तानसँग ३-० ले , दोस्रो खेलमा बंगलादेशसँग ३-२ र चौथो खेलमा अफगानिस्तानसँग ३-० सेटले पराजित भएको थियो।

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 17, 2025

हरिहजुर नै पुरुष भलिबल टोलीको कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – सेटर हरिहजुर थापाले पुनः नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको कप्तानीकाे जिम्मेवारी पाएका छन् । नेपाल भलिबल संघको ५८औं कार्यसमितिको बैठक र मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको सिफारिसमा हरिहजुरलाई नै कप्तानको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ । हरिहजुर सन् २०२३ को जुनमा नेपाली पुरुष भलिबल टोलीको १०औं कप्तान बनेका थिए । […]

Success

Thank you for your time.