3 weeks ago
November 16, 2025
एजेन्सी – मिकेल ओयार्जाबालले २ गोल गरेको खेलमा स्पेनले जर्जियालाई ४- ० को जित दिलाए। यो जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ।
स्पेन ५ खेलपछि समूह ‘ई’ को शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको टर्कीभन्दा ३ अंक अगाडि छ। दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ।
खेलको ११औँ मिनेटमा जर्जियाका जियोर्जी गोचोलेश्विलीको ह्यान्डबलका कारण स्पेनले पेनाल्टी पायो। ओयार्जाबालले गोल गर्दै स्पेनलाई अग्रता दिलाए।
२२औँ मिनेटमा मार्टिन जुबिमेन्डीले गोल गर्दै अग्रता दोब्बर बनाए।
३४औँ मिनेटमा फेरान टोरेसले स्कोर ३–० बनाए। ओयार्जाबालको लो क्रसलाई उनले नजिकैबाट खाली पोस्टमा गोल गरे। ६०औँ मिनेटपछि ओयार्जाबालले पेद्रो पोरोको क्रसमा हेडमार्फत गोल गरेका हुन्।
बेल्जियम रोकियो
समूह ‘जे’ मा बेल्जियमले काजाकस्तानसँग १–१ को बराबरी खेलेपछि विश्व कप छनोटका लागि प्रतीक्षा गर्नुपर्ने भएको छ।
खेलको नवौंमै काजाकस्तानले अग्रता लियो। डास्तान सत्पाएभले डिफेन्डरलाई छकाउँदै गोल गरे।
बेल्जियमले धेरै अवसर बनाए पनि काजाकस्तानका २२ वर्षीय गोलरक्षक टेमिर्लान अनार्बेकोभले ८ वटा शानदार बचाउ गर्दै टोलीलाई जोगाइरहे।
दोस्रो हाफ सुरु भएको केही मिनेटमै बेल्जियमले बराबरी फर्कायो। कप्तान ह्यान्स भानाकेन्ले टिमोथी कास्टान्येको क्रसमा हेड मार्फत गोल गरे।
खेलको अन्त्यतिर काजाकस्तानका इस्लाम चेस्नोकोभ रातो कार्डसँगै बाहिरिए। त्यसपछि बेल्जियमले थप दबाब बढायो, तर डोकु र रसकिनका प्रहार पनि अनार्बेकोभले रोके। बेल्जियमले विश्वकपमा पुग्न अर्को खेल जित्नै पर्छ ।
विश्व कप छनोटमा शनिवारका नतिजा


December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]