default_image

3 weeks ago

November 17, 2025

नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने

755 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ।

मलेसियामा हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मंगलवार मलेसिया प्रस्थान गर्दैछ।

मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने च्याम्पियनसिपमा नेपाल पहिलो पटक रुपमा सहभागी हुँदैछ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले टोलीलाई बिदाइ गरेका छन् ।
टोलीलाई जर्सी पुलले मुख्य प्रायोजन गरेको छ।

इम्पायर ट्राभल्स एन्ड टुर ट्राभल पार्टनर रहेको टोलीको जी स्पोर्टस होम किट पार्टनर, डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनर रहेको छ।

नेपाली टोली -विराज दाहाल (कप्तान), प्रकाश सिंह ऐर,
कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह
, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम, विनोद कोइराला

टोली प्रमुख – राजन गौतम
व्यवस्थापक – कौशल ज्ञवाली
सहायक व्यवस्थापक- हिरामणी नेपाल
प्रशिक्षक/ खेलाडी को -‌अरुण तिमल्सिना
ट्रेनर – बेनु कुमार राई
मिडिया अफिसर- सन्दीप रिजाल

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.