default_image

3 weeks ago

November 17, 2025

काठमाडौं गोर्खाजको विजयी सुरुवात

1278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ ।

जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा ५५ रन जोडे।

पहिलो विकेटको लागि दुई ओपनरले ७० रनको साझेदारी गर्दै काठिमाण्डौको जितलाई सहज बनाइदिए। जनकपुरका बलरलाई पहिलो विकेट निकाल्न नवौं ओभर नै कुर्नुपर्यो। जान निकलोलले बेनलाई कट-एण्ड-बोल्ड गरे। बेनले २३ बलमा ५ चौका र २ छक्का सहित ४६ रन जोड्दै उत्कृष्ट ब्याटिङ गरे। उनी अर्धशतकबाट भने ४ रनले चुके।

लगत्तै आकाश चन्द ३ रनमा ललित नारायण राजवंशीको बलमा आउट भए। यतिखेर काठमाडाैंले ७५ रन बनाएको थियो। तेस्रो विकेट सञ्जय कृष्णमुर्तीले १६ औं ओभरमा लिए।‌

आकाश चन्द ३९ रनमा पबिलियन फर्किए। यसपछि मिलिन्द कुमार १९ रनमा किशोर महतोको बलमा आउट भए। उनी आउट हुँदा काठमाडौंलाई १८ बलमा ९ रन जरूरी थियो। अर्को बलमा अनिल शाहले १३ रन बनाएका जोन सिम्पसनलाई एलबिडब्लु धरापमा पारे।

बलिङमा ललित, किशोर, अनिल, जान निकोल र सञ्जयले समान १ विकेट लिए।

त्यसअघि टियु क्रिकेट मैदानमा काठमाडौंका करण केसीले‌ टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङमा आएको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो।

पहिलो पावर प्लेमा जनकपुरले २ विकेट गुमाएर ४० रन मात्र बनायो। ओपनरद्वय आशिफ शेख र लाहिरु मिलान्थाले पहिलो ३ ओभरमा ३२ रन बनाए। चौथो ओभरमा करणले १ रन मात्र दिए। यसपछि मिलिन्द कुमारले पाँचौ ओभरमा २ विकेट झारे।

७ रन बनाएका मिलिन्द पाँचौं ओभरको तेस्रो बलमा आउट भए। यसपछि कप्तान अनिल शाह सामना गरेको दोस्रो बलमा रनको खाता नखोली मिलिन्दको बलमा जेराड इरासमसद्वारा कमयाड आउट भए।

मिलिन्दले नै तेस्रो विकेट लिए। जान निकोल लोफ्टी २ रनमा बोल्ड आउट भए। ३ विकेटको नोक्सानीमा जनकपुरले मात्र ४२ रन बनाउँदै कमजोर सुरुवात गर्यो।

नवौं ओभरमा सञ्जय कृष्णमुर्ती चौथो विकेटको रूपमा आउट भए। २ रन जोडेका उनी सन्तोष यादवको बलमा आउट भए। क्रिजमा टिकेका ओपनर आशिफले ३७ बलमा अर्धशतक बनाए।

३७ बल खेल्दै ६ चौका र १ छक्का सहित ५१ रन जोडे। अर्धशतक बनाए लगतै उनी ५४ रनना साहाब आलामको बलमा आउट भए। आशिफ आउट हुँदा जनकपुरले १३ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा ७८ रन मात्र बनाएको थियो।

लाहिरु समाराकुन २३ रन जोडेर आउट भए भने मयंक यादव रनमा ३४ रनमा अविजित रहे। आदिल अलाम ८ रनमा अविजित रहे।

बलिङमा मिलिन्दले सर्वाधिक ३ विकेटले लिए। ४ ओभरमा उनले मात्र १५ रन दिए। करण, साहब र सन्तोषले १-१ विकेट लिए।

त्यसअघि प्रधानमन्त्री सुशीला कार्कीले एनपिएलको उद्घाटन गरेकी थिइन्। यो पटक च्याम्पियन बन्न ८ फ्रेन्चाइज टिमले २७ दिन, कुल ३२ खेल खेल्नेछन्।‌ फाइनल खेल मंसिर २७ गते हुनेछ।

यो पटक पहिलो संस्करणको जतिकै विजेताले १ करोड १० लाख, दोस्रो हुने टिमले ५१ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। टियु क्रिकेट मैदानमा पहिलो पटक आज फ्लड लाइटमा खेल भएको छ।

भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.