3 weeks ago
November 19, 2025
एजेन्सी – इत्तिहाद प्रीति राईको गोलले हार बाट जोगिएको छ। जोर्डन महिला लिगको सातौँ चरणमा मंगलवार इत्तिहादले न्शामा विरुद्ध १–१ को बराबरी खेलेको छ।
दोस्रो हाफ सुरु भएपछि इनास अल–जमाआइनले पाएको पेनाल्टी चुकाउँदा अग्रता लिने मौका गुम्यो। त्यसपछि लगत्तै न्शामाले पेनाल्टीमार्फत अग्रता लियो।
तर ६१ औँ मिनेटमा प्रीतिले बराबरी गोल गरिन्। जिना हाजेमले मध्य मैदानबाट दिएको लामो पासलाई प्रीतिले उत्कृष्ट प्रहारमा गोल गरिन्।
यो बराबरीपछि इत्तिहाद १४ अंकसहित शीर्ष स्थानमा कायम छ। इत्तिहादले अब आठौँ चरणमा डिसेम्बर ८ मा इस्तिक्लालसँग खेल्नेछ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]