default_image

2 weeks ago

November 26, 2025

चेल्सीसँग बार्सिलोना पराजित

719 views

0 Bookmark

एजेन्सी – चेल्सीले च्याम्पियन्स लिगमा बार्सिलोनालाई‌ स्तब्ध पारेको छ । घरेलु मैदानमा चेल्सीले बार्सिलोनालाई ३-० ले हराउँदै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

चेल्सीका एस्टेभाओले लगातार तेस्रो खेलमा गोल गरे।
खेलको सुरुवातमै बार्सिलोनाका फेरान टोरेसले गोलको राम्रो मौका गुमाएका थिए।

त्यसपछि २७औँ मिनेटमा चेल्सीका पेद्रो नेटोको शटमा बार्सिलोनाका जुल्स कुन्डेलाई लागेर आत्मघाती गोल भयो।

बार्सिलोनाका रोनाल्ड अराओहोले ४४औँ मिनेटमा दोस्रो पहेंलो कार्डको सामना पछि बार्सिलोना १० खेलाडीमा सिमित भयो । त्यसपछि चेल्सीका लागि खेल थप सहज बन्यो।

दोस्रो हाफ सुरुवात भएको दसौं मिनेटमा एस्टेभाओ ले उत्कृष्ट दौडसहित अर्को गोल गरे। खेल सकिन १७ मिनेट बाँकी रहँदा एन्जो फर्नान्डेजको पासमा लायम डेलापले गोल गर्दै चेल्सीको ३–० को जित पक्का गरे।

च्याम्पियन्स लिगमा मंगलवारका नतिजा र अंक तालिकाका शीर्ष १५ टोली

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.