default_image

2 weeks ago

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

520 views

0 Bookmark

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ।

योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो।

खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट बचाउ गरे।

सुरुमा सिटीको दबाब सहेर बसेको लेभरकुसेनले २३औं‌ मिनेटमा काउन्टर अट्याकबाट गोल गर्‍यो। कप्तान ग्रिमाल्डोले राम्रो समन्वयबाट बनेको मुभलाई गोल गर्दै स टोलीलाई १–० ले अघि बढाए।

दोस्रो हाफ सुरु भएको ५ मिनेटमा लेभरकुसेनले अग्रता दोब्बर गर्‍यो। इब्राहिम माजाको क्रसमा पात्रिक शिकले हेड गरेर बल गोलमा परिणत भयो ।
योसँगै च्याम्पियन्स लिगमा ७ बर्षयता घरेलु मैदानमा सिटीको २३ को अपराजित यात्रा टुंगिएको छ।

सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओला त्यो च्याम्पियन्स लिगको आफ्नो एक सयौं खेल थियो।‌
गार्डियोलाले खेलअघि नै च्याम्पियन्स लिगमा सिटीका लागि धेरै निराशाजनक क्षणहरू रहेकाले सावधान हुनुपर्ने बताएका थिए। तर यसपटक पनि उनीहरूको दिन राम्रो रहेन।

ग्वार्डिओलाले शनिवार न्युक्यासलसँग हारेको टोलीमा १० खेलाडी परिवर्तन गरे। तर उनको यो निर्णय उल्टो पर्‍यो र टोली राम्रो प्रदर्शन गर्न नसक्यो।

हारपछि उनले भने,’यदि जितेको भए केही समस्या हुने थिएन। तर हार्दा आलोचना आउनु स्वाभाविक हो। सायद मैले धेरै परिवर्तन गरें।’
‘सिजन लामो हुन्छ भनेर सबैलाई मौका दिन खोजेको थिएँ, तर धेरै परिवर्तन हुँदा खेलाडीहरूले आत्मविश्वासका साथ खेलेनन्। यो हारको सम्पूर्ण जिम्मेवारी म लिन्छु,’ ग्वार्डोओला थपे ।

अर्को खेलमा चेल्सीले बार्सिलोनालाई‌ स्तब्ध पारेको छ । घरेलु मैदानमा चेल्सीले बार्सिलोनालाई ३-० ले हराउँदै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

चेल्सीका एस्टेभाओले लगातार तेस्रो खेलमा गोल गरे।
खेलको सुरुवातमै बार्सिलोनाका फेरान टोरेसले गोलको राम्रो मौका गुमाएका थिए। त्यसपछि २७औँ मिनेटमा चेल्सीका पेद्रो नेटोको शटमा बार्सिलोनाका जुल्स कुन्डेलाई लागेर आत्मघाती गोल भयो।

बार्सिलोनाका रोनाल्ड अराओहोले ४४औँ मिनेटमा दोस्रो पहेंलो कार्डको सामना पछि बार्सिलोना १० खेलाडीमा सिमित भयो । त्यसपछि चेल्सीका लागि खेल थप सहज बन्यो।

दोस्रो हाफ सुरुवात भएको दसौं मिनेटमा एस्टेभाओ ले उत्कृष्ट दौडसहित अर्को गोल गरे। खेल सकिन १७ मिनेट बाँकी रहँदा एन्जो फर्नान्डेजको पासमा लायम डेलापले गोल गर्दै चेल्सीको ३–० को जित पक्का गरे।

च्याम्पियन्स लिगमा मंगलवारका खेलका नतिजा र अंक तालिकाका शीर्ष १५ टोली

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.