default_image

2 weeks ago

December 1, 2025

रियल हारबाट जोगियो

605 views

0 Bookmark

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ।

खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि गुमायो।

पहिलो हाफ सकिनुअघि एम्बाप्पेले गरेको गोल ह्यान्डबलको कारण भिएआरले रद्द गरिदियो। त्यसपछि इन्जुरी समयमा जिरोनाका लागि ओनाहीले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफमा भिनिसियसले गरेको गोल अफसाइड भन्दै रद्द भयो। ६७ औं मिनेटमा प्राप्त पेनाल्टीलाई एम्बाप्पेले सहजै गोल गर्दै खेल १-१ बनाए।

अन्तिम मिनेटहरूमा रियलले लगातार दबाब दियो। एम्बाप्पे र भिनिसियसले धेरै मौका पाए पनि गोलमा बदल्न सकेनन्। खेलको अन्तिम प्रहारमा एम्बाप्पेको शट थोरै बाहिरिँदा रियलले जित गुमायो।

बराबरीपछि रियल तालिकाको दोस्रो स्थानमै रह्यो । शीर्षस्थानको बार्सिलोनाभन्दा टोली १ अंकले पछि छ।

ला लिगामा आइतवारको नतिजा र तालिकाकामा शीर्ष १० टोली

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.