default_image

2 weeks ago

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

1335 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्।

उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे।

विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो तर अर्थपूर्ण समय बिताउने कुरामा उत्साहित छु। सामाजिक संजालमा नेपाली क्रिकेटप्रति दर्शकको उत्साह देखेको छु। नयाँ ठाउँ र संस्कृति अनुभव गर्नु सधैं विशेष हुन्छ, र सबैभन्दा महत्वपूर्ण कुरा भनेको ऊर्जावान दर्शकको अगाडि खेल्न पाउनु हो। म धेरै उत्साहित छु।’

नेपाली क्रिकेटको हालको प्रगतिको बारेमा उनले भने, ‘म विगत वर्ष केही खेल हेरेको थिएँ, तर अहिले विराटनगरसँग जोडिएपछि धेरै खेल नजिकबाट हेरेको छु। टोलीले ५ खेलमा ४ जित हासिल गरेको छ, जुन उत्कृष्ट प्रदर्शन हो। मेरो लागि यो अनुभव नयाँ छ र म छोटो समयमै प्रभावपूर्ण अनुभव पाउने आशा गर्दै आएको छु।’

एनपिएल र नेपाली क्रिकेटको बारे उनले भने, ‘कुनै पनि लिगमा सबैभन्दा महत्वपूर्ण पक्ष दर्शकको उपस्थिति र समर्थन हो। स्टेडियम प्रत्येक खेलमा भरिपूर्ण देखिन्छ। दर्शकको उपस्थितिले खेलाडीका लागि थप उर्जा दिन्छ। म दर्शकको अगाडि खेल्न रमाउँछु। खेलाडीको जीवनमा यस्तै ऊर्जा र उत्साह सबैभन्दा महत्वपूर्ण हुन्छ।’

विराटनगर अहिले बलियो स्थितिमा छ।
फाफले भने, ‘विराटनगरलाई मेरो आवश्यकता छैन। टिम अहिले उत्कृष्ट अवस्थामा छ। तर म जहिले पनि आफ्नो अनुभव बाँड्ने प्रयास गर्छु र युवा खेलाडीलाई सहयोग गर्छु। मैले धेरै वर्ष क्रिकेट खेलेको छु र धेरै महान खेलाडीसँग अनुभव साटेको छु। युवा खेलाडीले अनुभवी खेलाडीबाट सिक्न पाउने अवसर अत्यन्त महत्वपूर्ण हुन्छ। मैले खेलेका सबै परिस्थितिबाट आफ्नो अनुभव उनीहरूसँग बाँड्ने प्रयास गर्छु।’

मिडल अर्डर‌ ब्याटर फाफ एकरुपताको प्रदर्शन गर्न माहिर खेलाडी हुन्। उनको ब्याटिङसँगै फिल्डिङ पनि सानदार रहँदै आएको छ।

सन् २०१५ मा उनी दक्षिण अफ्रिकाका पहिलो खेलाडी बने जसले सबै प्रकारका खेलमा शतक बनाउन सफल भए। उनलाई २०१९ मा दक्षिण अफ्रिकी क्रिकेटरको अवार्ड प्रदान गरिएको थियो।

उनले ६९ टेष्ट खेल खेलेर ४ हजार १ सय ६३ रन, १ सय ४३ ओडिआईमा ५ हजार ५ सय ७ र टि ट्वान्टी आईमा ५० खेल खेलेर १ हजार ५ सय २८ रन बनाएका छन्।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.