ललितपुर (हाम्रो खेलकुद) – विद्या संस्कार स्कुलले ललितपुर गोदावरीमा जारी २३औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ ।
गोदावरीस्थित सेन्ट जेभियर स्कुलको मैदानमा शुक्रबार भएको खेलमा विद्या संस्कारले ब्राइट फ्युचरमाथि ६–१ को फराकिलो जित निकालेको हो । विद्या संस्कारको फराकिलो जितमा इरोज अधिकारीले २ तथा रविन यादव र आदित्य शाहले समान १–१ गोल गरे । २ गोल उपहार पाएको थियो । ब्राइट फ्युचरका विपिन मगरले सान्त्वना गोल फर्काए । विद्या संस्कारका आदित्य शाह खेलको म्यान अफ दि म्याच घोषित भए ।
शुक्रबारकै अर्काे खेलमा क्रेसेन्ट एकेडेमीले डल्फिनलाई ३–० ले पराजित ग¥यो । क्रेसेन्टका निरज तामाङले २ तथा शिव थापा मगरले १ गोल गरे ।
अर्काे सेन्ट जेभियर्स, जावलाखेल र सेन्ट जेभियर्स झापाले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
प्रतियोगितामा शनिबार चाँदबाग स्कुल बासबारी र डिएभी स्कुल जावलाखेल, गोदावरी आवासीय स्कुल र मोर्डन इन्डियन स्कुल र मोरान मेमोरियल स्कुल र पुष्पानजलीबीच खेल हुने आयोजकले जनाएको छ ।