7 years ago
May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पारामाउन्ट एकेडेमीले प्रथम युरो कप फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

जुनियर फुटबल एकेडेमी (जेएफए) को संयोजनमा काठमाडौं युरो स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पारामाउन्टले काभ्यालाई ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।
पारामाउन्टका अनिल तामाङले ह्याट्रिक गरे । काभ्याका अक्षय तिमल्सिनाले सान्त्वना गोल गरे ।प्रिमियरका आरोभ शर्मा उत्कृष्ट खेलाडी चुनिए भने काभ्याका अंश वस्ती उत्कृष्ट गोलरक्षक बने । फाइनलका ह्याट्रिककर्ता अनिल प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताभर उनले ६ गोल गरे ।
विजेतालाई जेएफएका प्रमुख प्रशिक्षक प्रज्ज्वलप्रताप क्षेत्री, युरोका अध्यक्ष प्रमोद पाण्डे, युरोका निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
बानियाँटारस्थित आयोजककै मैदानमा भएको एकदिने प्रतियोगितामा ८ छात्र टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]