7 years ago
May 14, 2019
मुस्ताङ –हाम्रो खेलकुद) – दोस्रो प्रधान सेनापति हाईअल्टिच्युड ट्राई एडभेन्चर राष्ट्रिय प्रतियोगितामा आयोजक आर्मी र नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । मुस्ताङको जोमसोममा भएको प्रतियोगितामा आर्मी ‘ए’ पुरुषतर्फ र एपीएफ महिलामा च्याम्पियन बनेको हो ।

आर्मीका हिमाल टमाटा र बशन्त थारुले निर्धारित १५.३५ किमी दुरी १ घण्टा १९ मिनेट ४२ सेकेन्डमा पूरा गरे एपिएफका लक्ष्मण मल्ल र किरण मल्लले निर्धारित दुरी १ घण्टा १९ मिनेट ५२ सेकेन्डमा पुरा गरी दोश्रो भए । पुरुषतर्फकै एडभेन्चरमा नेपाली सेनाको आर्मी ‘बी’ तेश्रो भयो । आर्मी ‘बी’ का प्रताप थापा र दिपकसिह चौधरीले १ घण्टा २४ मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।
महिला एडभेन्चर तर्फ शसस्त्र प्रहरीको एपिएफ क्लवकी सोनी गुरुङ र निर्जला भण्डारी पहिलो स्थान हासिल गर्दै च्याम्पियन भए । गुरुङ र भण्डारीले १ घण्टा ४५ मिनेट ५४ सेकेन्डमा निधारित दुरी पार गर्दै च्याम्पियन बनेका हुन् ।
प्रतियोगितामा गैरबिभागिय ग्रल्स टिमकी होमी बुढामगर र उषा खनालले १ घण्टा ५२ मिनेट ३० सेकेन्डमा दुरी पार गर्दै दोश्रो भए ।यस्तै त्रिभुवन आर्मीकी लक्ष्मी मगर र केशरी थापा मगरले १ घण्टा ५३ मिनेट १६ सेकेन्ड समय खर्चदै तेश्रो भए ।
एडभेन्चर प्रतियोगिता सैनिक उच्चशिखर शिक्षालय जोमसोमको पश्चिमतर्फ धाकार्जुङ डाडाँ उक्लने एक सय मिटर रक क्लाइम्बिङ, धाकार्जुङ डाडो देखि सशस्त्र प्रहरी क्याम्प, कालिगण्डकी नदी तर्दै पान्डाखोला सम्म दौडिने ४.७५ किमी रनिङ र पान्डाखोला देखि जोमसोम, ठिनी, सम्ले, स्याङ हुँदै जोमसोम सम्म १५.३५ किमी साईकलिङ ३ बिधामा एकैसाथ प्रतियोगिता भएको हो ।
प्रतियोेगिताका लागि कुल २१ टिम मुस्ताङ आएपनि २ टिम मेडिकल परिक्षणपछि प्रतियोगिताबाट बाहिरिएका थिए । पुरुषतर्फ एडभेन्चरतर्फ ११ टिम र महिला एडभेन्चर तर्फ ५ टिम सहभागी भएको प्रतियोगिता संयोजक राजिव चन्दले जानकारी दिए ।
प्रतियोगिताको पुरुष एडभेन्चर च्याम्पियन टोलीले नगद ५० हजार रुपैया प्राप्त गरे । दोश्रो हुनेले नगद ३० हजार तथा तेस्रो भएकाले २० हजार रुपैया पाए । महिला एडभेन्चरतर्फ पहिलो, दोश्रो र तेश्रो हुँने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया पाए।
विजेता पुरुष, महिला एडभेन्चर दुबै टोलीलाई नेपाली सेनाका बलाधिकृत रथि सरद गिरी, गण्डकी प्रदेशका माननीय सांसद महेन्द्रबहादुर थकाली र जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ लगायतले पुरस्कृत गरे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]