7 years ago
May 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईस आन फुटसको उपाधि भोग एड एण्ड इभेन्ट प्रा.लिले जितेको छ । सानेपाको फिल्ड फुटसल ग्राउण्डमा बुधबार भएको फाइनलमा मिडिया वास्केटलाई ४–१ गोल अन्तरले पराजित गर्दै भोगले उपाधि उपाधि उचालेको हो ।

भोगलाई जिताउन रोनिश श्रेष्ठले ह्याट्रिक गर्दा मन्जील महर्जनले एक गोल थपे । यसैगरी मिडिया बास्केटका तर्फबाट उर्गेन शेर्पाले एक गोल फर्काएका थिए । बराह ज्वेलर्सले तेस्रो स्थान हात पारेको छ । फाइनल प्रवेशका लागि मिडिया वास्केट र बराह ज्वेलर्स भिड्दा पराजित भएको बराह तेस्रो भएको हो । मिडिया बास्केटले ६–४ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेता भोगले नगद १ लाख सहित रनिङ शिल्ड हात पारेको छ । यसैगरी उप विजेता भएको मिडिया बास्केटले ७५ हजार रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको बराह ज्वेलर्सले ५० हजार पायो ।
प्रतियोगितामा बराह ज्वेलर्सका अनुप शंकर र भोगका रोनिश श्रेष्ठले संयुक्तरुपमा सर्वाधिक गोलकर्ताले अवार्ड पाए । दुवै जनाले प्रतियोगिता अवधिभर ११–११ गोल गरेका थिए । यसैगरी उत्कृष्ट गोल रक्षकको उपाधि वेलकम एडभर्रर्टाईजिङ मार्केटिङको विशाल शाहीले पाए । शाहीले गत वर्ष पनि उत्कृष्ट गोलकिपरको अवार्ड पाएका थिए ।
यसैगरी फेयर प्ले अवार्ड सर्वोत्तम सिमेन्ट र वेस्ट सपोटर्स नयाँ पत्रिका र फस्ट रजिस्र्टर्ड टिम अवार्ड मार्स प्रा.लिले पाएका छन् । विजेता खेलाडीलाई चौधरी गु्रपका वरिष्ठ महाप्रबन्धक प्रदीप पुडासैनी, प्रवन्धक लालबाबु प्रसाद, आनका अध्यक्ष रविन्द्रकुमार रिजाल शशी, फुटसल प्रतियोगिता समितिका संयोजक सन्तोष खड्का लगाएतले पुरस्कृत गरे । प्
रतियोगितामा ३२ टोलीको सहभागिता रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]