7 years ago
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य प्रदर्शन गरिरहेको सन्दर्भमा नेपाली क्रिकेट बिकासकै लागि टाइगर नेपाल क्रिकेट क्लबको स्थापना भएको छ ।

क्लबको शनिबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । क्लबको कार्यालय अन्नपुर्ण क्लब आरसिटी नजिकै रहेको काठमाडौं महानगरपालिका वडा नम्वर १७ स्थित इनबहालमा रहेको छ । क्लबको शनिबार पुर्व रक्षामन्त्री भीनसेनदास प्रधानले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
क्लबका अध्यक्ष रुपेश साहले पछिल्लो समय क्रिकेटमा लहर चलिरहेका कारण नेपाली क्रिकेट बिकासको लागि क्लब स्थापना गरिएको बताए । उनले क्रिकेटमा आफ्नो प्यासन रहेका यो एक सुरुवात रहेको र नेपाली क्रिकेटलाई थप उचाईमा पु¥याउन क्लबले सहयोग गर्ने बताए ।
क्लबको कार्यसमितिको अध्यक्षमा रुपेश साह रहेका छन् । उपाध्यक्षमा सुमन मिश्रा, सचिबमा रामबाबु कुमार साह र कोषाध्यक्षमा इन्द्र बहादुर भण्डारी रहेका छन् । सदस्यमा दिपेश भण्डारी र सल्लाहकारमा भोला भुषाल रहेका छन् ।
क्लबका सल्लाहकार भोला भुषालले क्लबको पहिलो उद्देश्य काम र त्यसपछि नाम रहेका बताएका छन् । उद्घाटन कार्यक्रममा क्लबका पदाधिकारीसँगै अन्नपुर्ण क्लब आरसिटीका अध्यक्ष सुरेश काजी शाक्यको समेत उपस्थिति रहेको थियो ।
स्थापनासँगै क्लबले १५ जेठबाट विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]