7 years ago
May 19, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५’ अन्तर्गत खेल पत्रकारिता अवार्डमा पुरस्कार राशि वृद्धि भएको छ ।

यस्तै खेलाडीका लागि प्रदान गर्ने अवार्डमा समेत पुरस्कार राशि वृद्धि गरिएको छ । यसवर्ष थपिएको विधा वर्ष चर्चित खेलाडीसहित विभिन्न ८ विधामा अवार्ड दिइनेछ ।
मञ्चको बैठकले खेल पत्रकारिता अवार्ड प्राप्त गर्ने एकजना पत्रकारलाई नगद २० हजारसहित अवार्ड प्रदान गरिने निर्णय गरेको हो । गत वर्ष खेल पर्यटन पत्रकारिता अवार्ड प्राप्त गरेका पत्रकार सन्तोष पोखरेलले नगद १५ हजारसहित अवार्ड प्राप्त गरेका थिए ।
यस्तै, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी र वर्ष प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँसहित अवार्ड प्रदान गरिनेछ । वर्ष चर्चित खेलाडी विधा यस वर्ष थप भएको हो भने उदियमान खेलाडी र वर्ष प्रशिक्षकको राशिमा १० हजार वृद्धि गरिएको हो । वर्ष उत्कृष्ट खेल संघलाई नगद १५ हजारसहित सम्मान गरिनेछ । गत वर्ष १० हजारमात्र थियो ।
पोखरा सभागृहमा २४ जेठमा हुने स्पोर्टस् अवार्डको सबैभन्दा महत्वपूर्ण विधा वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला को बन्ला भन्ने रोचक छ । मञ्चले वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल र वर्ष खेलाडी महिलालाई विगो स्कूटरसहित अवार्ड प्रदान गर्नेछ । सोको प्रायोजन बतास ब्रदर्श प्रालिले गरेको छ ।
यस्तै, लामो समय खेल क्षेत्रमा समर्पित व्यक्तिलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । सो अवार्ड चाँदीजडित हुने मञ्च उपाध्यक्ष एवं फ्रेम संयोजक रञ्जन अधिकारीले बताए । गत वर्षका वर्ष खेलाडी कमल भण्डारी र बिमला नेपाली हुन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]